नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस बर्षको मनसुन नेपालबाट बाहिरिएको हो ।

विभागले आज यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ ।

यस अघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भूभागका साथै काठमाण्डौ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको तथा त्यस अघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।