नेपाली क्रिकेट टोली क्यानडाबाटै अमेरिका प्रस्थान, सन्दीप स्वदेश फर्किंदै

लिग-२ को अर्को शृंखला खेल्न नेपाली क्रिकेट टोली क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा सन्दीप लामिछाने भने भिसाका लागि नेपाल फर्किंदै छन्।

ओमान सम्मिलित टी(२० आई त्रिकोणात्मक सिरिज खेल्न टोलीसँगै क्यानडा पुगेका लामिछाने अमेरिकाको भिसा मिलाउन आज नेपाल फर्किंदै गरेको नेपाल क्रिकेट संघ ९क्यान० को स्रोतले जानकारी दियो।

‘उनी अमेरिका जाने भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमै सम्पर्क गर्नुपर्ने भएकाले स्वदेश फर्किनुपरेको हो, उनी आज नेपाल आइपुग्दैछन्’, शुक्रबार स्रोतले नेपालखबरसँग भन्यो।

यसको अर्थ टोलीका अन्य सदस्यले भने उतैबाट अमेरिका जाने भिसा पाएको बुझिन्छ।

त्यसो त क्यानडा प्रस्थान गर्ने बेलै सन्दीपले पनि अमेरिकाको भिसा पाएको समाचार आएका थिए।

तर अहिले फेरि भिसाका लागि नेपाल फर्किनुपर्दा आम मानिस अन्योलमा परेका छन्।

लिग २ अन्तर्गत अमेरिकामा नेपालले घरेलु टोलीसँगै स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यसका लागि क्यानले यसअघि नै टोली घोषणा गरिसकेको छ। जसमा देव खनाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ भने अन्य १५ सदस्य छन्।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्।