सुर्खेतमा खुल्यो सुविधा सम्पन्न ‘होटल कोशेली’

सुर्खेत – अस्वस्थ बजार प्रतिस्पर्धा भइरहेका बेला सुर्खेतमा सुविधा सम्पन्न एक होटल खुलेको छ । वर्तमान समयअनुकुल ग्राहकवर्गको मागलाई मध्यनजर गर्दै वीरेन्द्रनगरको गोदाम लाईनमा सुविधा सम्पन्न होटल कोशेली संचालनमा आएको हो ।

कोशेली ग्रुपले संचालनमा ल्याएको होटल कोशेलीमा ८० लाख बढि रकम लगानी गरिएको छ । होटल संचालक लक्ष्मी ढुङ्गानाका अनुसार यो होटल सुर्खेतमा नाम चिनिएका केहि ठुला होटल जत्तिकै सेवा दिने गरी संचालनमा ल्याइएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले शुक्रबार यस होटल कोशेलीको चौपचारिक उद्घाटन गर्दै सेवा सुरु भएको घोषणा गरेका हुन् । होटल उद्घाटन गर्दै अध्यक्ष कँडेलले होटलको व्यवस्थापकीय पक्षलाई हेर्दा सेवा प्रवाहमा उच्चस्तरको गुणस्तर कायम गर्नसक्ने बताए । कोशेली ग्रुपले ग्राहकको माग अनुसार विभिन्न सेवा प्रदायक काम गरेकोमा प्रशंसा गर्दै होटल कोशेली पनि बजारमा सजिलै स्थापित हुने उनको भनाइ छ ।

हाेटल कोशेलीका निर्देशक श्यामराज न्यौपानेका अनुसार होटलमा २० वटा कोठाको व्यवस्था छ । जसमा १२ डिल्स रूम र बाकीँ सुविधा सम्पन्न बेडहरू तथा स्टेन्डर रूमको व्यवस्था छ । यस्तै एक सय जना अट्ने कार्यक्रम हल रहेको छ ।

होटलसँगै कोशेली ग्रुपले सुर्खेतमा पानस एकेडेम, कन्सलटेन्सी, शुभ टुरिजम एण्ड हस्पिटालिटी पनि संचालन गरिरहेको छ । भने कोशेली ग्रुपले मासिक ४६ जनालाई तलबी रोजगारी उपलब्ध गराएको छ ।

साथै होटल कोशेलीले आगामी मंसिरमा हुने दशौं राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा आउने पाहुनाका लागि पनि वास व्यवस्थापनमा जोड दिएको छ । प्रतियोगिताभर पाहुनालाई स्वागत गर्न तयार रहेको होटल कोशेलीले जनाएको छ ।