सुर्खेतमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, बजार अनुगमनमा जाेड

सुर्खेतको एरिचोक क्षेत्रमा अनुगमन, म्याद सकिएका सामाग्रि नष्ट

सुर्खेत – म्याद सकिएका खाद्यवस्तु बिक्री गरेर सुर्खेत एरिचोक स्थित विभिन्न पसलले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । यो गम्भीर हेलचेक्रयाइँ हो ।

सुर्खेतको एरिचोक बजार क्षेत्रमा अनुगमनका क्रममा यहाँ अनुगमन गरिएका ९० प्रतिशत बढि पसलले मिति सकिएका गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्दै आएको पृष्टि भएको छ ।

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउन विहिबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । बजार अनुगमनका लागि विहिबार नै निर्देशनालयका निर्देशक पदमलाल लामिछानेको संयोजकत्वमा बैठक समेत बसेको थियो । त्यसपछि वीरेन्द्रनगर नगरपालिका ३ र ४ एरिचोक स्थित विभिन्न १३ वटा पसलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा खाद्यन्न तथा खाजानास्ता पसलमा भेटिएका अखाद्य वस्तुहरु समेत नष्ट गरिएको छ । जसमा केहि महिना अघि मात्रै संचालनमा आएको ओली सुपर मार्केट प्रा.लिले कल्पनाभोग नामको एक किलोको दालको प्याकेटमा लेखिएको उत्पादन र समाप्त मितिको स्टिकर नै फालेर नयाँ मुल्य सहितको स्टिकर टाँस गरेको पाइएको थियो ।

प्रा.लि ले स्टिकर नै परिवर्तन गर्नु गलत भएको भन्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका विवेक कुमार सुवेदीले प्रा.लिका कर्मचारीलाई सम्झाएपछि भुलवस गलत भएको प्रा.लिले स्विकार्यको छ । यस्तै सोही प्रा.लिद्धारा संचालित ओली स्टोरमै रङ मिसाएर कालो बनाइएको २७ किलो मासको दाल भेटिएको थियो । उक्त दाल नष्ट गरिएको छ ।

अनुगमनका क्रममा खुसी जनरल स्टोर्समा एक पेटी नरिवलको लड्डु र १५ पेटी काजुबाँफको मिठाइका डब्बाभित्र मुल्यसहित उत्पादन मिति र समाप्त मिति लेखिएको कागजको स्टिकर राखिएको पाइएको छ । जो खाद्य सुरक्षाका दृष्टिकोणले गलत हो । उक्त सबै सामान निर्माण कम्पनीलाई फिर्ता गरेर बिल सहितको कागजात ल्याएर कार्यालयमा आउन व्यवसायि श्रवणकुमार गुप्तालाई निर्देशन दिइएको छ ।

यस्तै चिरन्जीवि जनरल अर्डर सप्लायर्समा रङ मिसाएर कालो बनाइएको ३५ किलो मासको दाल भेटिएको थियो । उक्त दाल नष्ट गरिएको छ । भने गरिमा नास्ता पसलमा पनि म्याद सकिएका आठ वटा कोल्ड ड्रि«ङक्स भेटिएका थिए ।

त्यस्तै लामिछाने जनरल स्टोर्समा म्याद सकिएका १३ वटा नेहा र १९ वटा सुजिका प्याकेट भेटिएका थिए । भने सानदार म.म सेन्टरमा म्याद सकिएका २७ वटा कोल्ड ड्रि«ङक्स भेटिएका थिए । ति सबै सामाग्रि नष्ट गरिएको छ ।

एरिचोक स्थित स्मार्ट चाइनिज एण्ड रेष्टुरेण्टमा भेटिएको म्याद सकिएका पाउरोटिका प्याकेट, नक्कलि चुक र रङबाट बनाएको नक्कलि सअस नष्ट गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत माधव प्रसाद न्यौपानेका अनुसार अनुगमनको क्रममा भेटिएका कमिकमजोरी सुधार्न सुझाब सहित व्यापारीलाई कारवाहीको चेतावनी दिइएको छ ।

गत भदौ ३१ गते पनि निर्देशनालयले वीरेन्द्रनगर ११ स्थित विभिन्न ११ वटा पसलको अनुगमन गरिएको थियो । यी दुबै अनुगमनका क्रममा व्यवसायिहरुले मुल्य सुचि नटाँसेको, नापतौल यन्त्र नविकरण नगरेको, दाल, बदाम लगाएत खाद्यन्नमा किरा, धुसी लागेको, व्यवसाय फर्म नविकरण नभएको, राइनबोर्ड नराखेको, पशुको दाना र खाद्य सामाग्रि एउटै स्थानमा राखेको लगाएतका कमजोरी भेटिएका थिए ।

निर्देशनालयका सूचना अधिकारी थिर बहादुर श्रेठका अनुसार कार्यालयले चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि अनुगमन गर्दै आएको जानकारी दिए । व्यवसायि र उपभोक्ता दुबैलाई सचेत बनाउन अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।

उपभोक्ता मंच सुर्खेतकी कुमारी भुसालले पटक पटक गल्ती दोहोरर्याएर उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलवाड गर्ने खाद्यन्न तथा खाजानास्ता व्यवसायिलाई कारवाही गर्नुपर्ने बताइन । आगामी दिनमा अनुगमनको क्रममा गलत भेटिए त्यस्ता व्यवसायिलाई माफि दिन नहुने उनको भनाइ छ ।

यस्तै विहिबार संयुक्त अनुगमन टोलीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुरु गरेको सुपथ मूल्य पसल र नेपाल साल्ट टेड्रिङ कर्पोरेशनको गोदामा पनि अनुगमन गरेको थियो । सो अवसरमा सुपथ मुल्य पसलले बजार मुल्यभन्दा चामलका प्रतिकेजी पाँच रुपैयाँ छुट गरेको पाइएको छ । भने प्रतिकेजी नुनमा ६ रुपैंया र चिनिमा ८ रुपैंया छुट दिइएको छ ।