कर्णालीमा आवासका लागि होटल छैनन् भन्ने हल्ला गलत : अध्यक्ष शाही

सुर्खेत – आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीमा आवासको व्यवस्थापन छैन भन्ने हल्ला गलत भएको कर्णाली प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष तर्कबहादुर शाहीले बताएका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिन अघिमात्र कर्णाली प्रदेशमा तोकिएको मितिमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगियता गर्न आवासको समस्या भएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री चौधरीले दिएको उक्त अभिव्यक्ति प्रति कर्णाली प्रदेश होटल व्यवसायी महासंघले कुनै सत्यता नभएको बताएको छ । मन्त्री चौधरीको अभिव्यक्तिलाई खण्डन गर्दै होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष शाहीले कर्णाली प्रदेशमा अहिले पनि १० देखि १२ हजार जना व्यवस्थापन गर्न सकिने क्षमता रहेको स्पष्ट पारे ।

‘मन्त्रीज्यूले कुन आधारमा आवासको समस्या छ भन्नु भयो हामिलाई थाहा छैन । कर्णालीमा आवासको समस्या छ भन्नु भन्दा पहिला कर्णाली प्रदेश होटल व्यवसायी महासंघसँग होटलको आधिकारिक डेटा लिएर बोलेको भए राम्रो हुँने थियो, ‘अध्यक्ष शाहीले भने,’ ‘अहिले भएको होटलहरु सुधार उन्मुख तिर रहेका छन् बाँकी हामि आफ्नो तयारीलाई पनि बजभुत बनासकेका छौ ।

अध्यक्ष शाहीका अनुसार १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि होटल व्यवसायी संघले तयारी गरेको भन्दा बडि नै पाहुँनाहरु आए भने पनि त्यस समस्याको सामाधन सहजै गर्न सकिने छ । जसका लागि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आसपासमा हुँने एनजिओ र आइएनजिओका कार्यक्रमहरु त्यो समयमा नगरेर उनिहरुका कार्यक्रम सार्न सकियो भने पनि धेरै आवासको समस्या साधान हुँने उनको भनाई छ ।

सुर्खेतमा साना ठूला गरी एक सय बढी होटल छन् । वीरेन्द्रनगर नजिक छिञ्चु, गुरा“से, गढी लगायतका स्थानमा पनि मध्यमस्तरका होटलहरु छन् । वीरेन्द्रनगरमा अति विशिष्टहरुका लागि चार तारेस्तरका सिद्धार्थ, शुभलगायत होटल छन् भने मध्यमस्तरका नमस्ते नेपाल, डि नमस्ते, भ्यालीभ्यू, स्टे भ्याली भ्यू, अशोका, बुलबुले भ्यु, दर्शन होटल, डिएफसी, सुमेरु, लेकाली, शिरस्थान, मानसरोवर, नाम्लो, अतिथि होटल, सत्कार, ह्यापी स्टे, आमाको भान्साघर लगायतका ठूला होटलहरु छन् । सुर्खेत उपत्यकामा थारु, मगर र राजी समुदायद्धारा व्यवसायिक होमस्टेहरु पनि छन् । त्यस्तै सुर्खेत नजिकको जिल्ला दैलेख सदरमुकाम र गुरा“सेमा पनि स्तरीय होटलहरु छन् । जसले गर्दा सुर्खेतमा होटल व्यवस्थापनको समस्या भएमा दैलेख सदरमुकाममा बसाल्न सकिन्छ ।

परिषद्ले १० औं खेलकुद प्रतियोगिताका लागि जुन जिल्लामा खेल खेलाउने हो त्यही जिल्लामा आवास व्यवस्थापन मिलाउने गरी समन्वय थालेको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्लाल सुर्खेतबाहिर सात जिल्लामा प्रतियोगिता सञ्चालन गरिने भएकाले सुर्खेतमा मात्र आवास व्यवस्थापनको भार नपर्ने बताउ‘छन् । ‘१७ वटा खेल सुर्खेतमा सञ्चालन गरिनेछ, बा“की अरु जिल्लामा तयारी हुदै“छ, आवासको व्यवस्थापनमा होटलहरुको स्तरीकरण गरिरहेका छौं, उनी भन्छन्, ‘उद्घाटनको दिनमा पनि व्यवस्थापनमा कुनै समस्या आउने देखिन्न ।’ सदस्य सचिव सञ्ज्यालका अनुसार उद्घाटनका बेला खेलाडी र दर्शक गरी पा“च हजारलाई खाना, आवासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

होटल व्यवसायीहरुले पनि आवास व्यवस्थापनका लागि पर्याप्त होटल पूर्वाधार रहेको बताउ‘छन् । ‘हामी प्रतियोगिताका लागि आवश्यक खाना, आवास, खाजा, पानी लगायतको व्यवस्थापन गर्न तयार छौं, स्तरीय होटलहरु पर्याप्त छन्, आवास व्यवस्थापनमा कमी हुन्छ की भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन्, शुभ होटलका सञ्चालकसमेत रहेका प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही भन्छन्, ‘यसअघि पनि राष्ट्रियस्तरका ठूलाठूला सभासम्मेलन आयोजना भइसकेका छन्, आवास व्यवस्थापनमा कुनै समस्या आएको थिएन, दसौं खेलकुद प्रतियोगितामा पनि यस्तो समस्या आउने देखिन्न् ।’ उनले मझौला स्तरका होटलहरु पनि थुपै्र रहेकाले आवासको व्यवस्थापन समस्या आउन नदिने विश्वास व्यक्त गरे ।

कर्णालीका सुर्खेतबाहेक रुकुम पश्चिमको चौरजहारी, दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगुमा विभिन्न खेलहरु खेलाइने तयारी छ । दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा फुलककन्ट्याक्ट, कराते र बुद्धिचाल, हुम्लामा हक्की, मुगुमा कबड्डी, रुकुम पश्चिममा तेक्वान्दो, सल्यानमा टेबलटेनिस प्रतियोगिता गराउने तयारी छ । ती खेलहरु सञ्चालन हुदा त्यहॉ पुग्ने खेलाडी र दर्शकको अनुमान गरेरमात्र व्यवस्थापकीय तयारी गरिने परिषद्को भनाई छ ।