भिजिट कर्णालीको मोबाइल एप सार्वजनिक, अब घरबाटै टिकट काट्न सकिने

सुर्खेत – भिजिट कर्णाली यातायात प्रा.लि. प्रधान कार्यालय सुर्खेतले मोबाइल एप सार्वजनिक गरेको छ । प्रा.लिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मोबाइल एप सार्वजनिक गरेको हो ।

प्रा.लिले मोबाइल एस सेवा शुभारम्भ गरेपछि अब जोसुकै यात्रुले घरमै बसेर सजिलै टिकट काट्न सक्नेछन् । मोबाइल एप सार्वजनिक गर्दै प्रा.लिका अध्यक्ष प्रकाश कुमार शाहीले यात्रुलाई अब गाडीको टिकट काट्नकै लागि बसपार्क तथा समितिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको बताए ।

उनका अनुसार यात्रुहरुले मोबाइल एपबाट टिकट काट्दै आफ्नै रोजाईको सवारीसाधनमा यात्रा गर्न सक्नेछन् । भने यात्रुका लागि सुरक्षित यात्रा गर्न, कम खर्चमा यात्रा गर्न, भाडामा नठगिन र समयको बचत गर्न पनि मोबाइल एप उपयुक्त देखिएको छ ।

‘हामि २१ औ सताब्दिको डिजिटल युगमा पुगीसके पनि पुरानै सैलिमा यातायात सेवा लिइरहेका छौ । यसलाई युगको मागसँगै डिजिटल वनाउदै हामी यो क्षेत्रलाई परिर्वतन गर्न चाहान्छौ’ अध्यक्ष शाहीले भने, ‘घर घरवाट यातायात सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भिजिट कर्णाली यातायात प्रा ली नामको अनलाईन मोवाईल एपबाट विधिवत रुपमा सेवा सुचारु गरीएको छ । समयको माग अनुसार सार्वजानिक यातायातलाई डिजिटल मैत्रि बनाउदै यात्रुहरुलाई घर घरमै यातायात सेवा दिदै सेवालाई स्तरीय भरपर्दो र सुरक्षित वनाउन यो एप निर्माण गरिएको हो ।’

उनका अनुसार भिजिट कर्णालीले हाल सुर्खेत– जुम्ला, सुर्खेतकालिकोट, सुर्खेत वाजुरा (पिलीचौर), सुर्खेत पचालझरना, सुर्खेत रास्कोट सुर्खेत नरहरीनाथ, सुर्खेत जम्बुकाँध, सुर्खेत दैलेख बजार, सुर्खेत–वेस्तडा, सुर्खेत– जाजरकोट (दसेरा), सुर्खेत नेपालगंज, नेपालगंज–दैलेख, वीरेन्द्रनगर मटेला, पाम्का र वीरेन्द्रनगर–पिलाडीमा सेवा दिइरहेको छ । अब छिट्टै सुर्खेत–काठमाडौं लक्जरी बस हाल्ने तयारी भइरहेको प्रा.लिले जनाएको छ ।

‘ट्राफिक जामको न्युनिकरण गर्न हामि व्यवसाय गर्ने मात्र नभएर सामाजिक उत्तर दाईत्व पनि बहन गर्दछौ’ अध्यक्ष शाहीले थपे, ‘स्थापना देखि हालसम्म वृद्ध, अशक्त र अपाङ्गता भयका व्यक्तीलाई पनि ५०% छुट दिईरहेका छौं । खेलकुद तर्फ पनि हामीले नगद, जर्सि पानी जस्ता सहयोग गरीरहेका छौ । मानव अधिकार तथा सान्तिसमाज लाई पनि नगद सहयोग गरेका छौं ।’

यात्रुलाई तछाड मछाडको अन्त्य

अध्यक्ष शाहीले भिजिट कर्णालीका गाडीहरुमा चड्दा यात्रुलाई तछाड मछाड गर्ने जस्ता अमानविय व्यवाहार गर्ने कामलाई निरुत्साहित गरेको दावी गरे ।

प्रा.लि ले एप शुभारम्भ गरेको जानकारी पत्रमा भनिएको छ ‘‘हामि स्मार्ट विश्वमा छौ, स्मार्ट छैनौ स्मार्ट चाहान्छौ । तर शुरुवात गर्दैनौ । त्यसैले बदलिदो विश्वको परिवेश सगै हरेक विकशीत देशहरुको अनुसरण गर्न हामी पनि बदलिनैपर्छ । कुनैपनि कुरा समय सापेक्ष बदलिन सकियन भने जति अग्लो ठाउँमा पुगेर झछौ तेतिनै ठुलो खाल्डो हुन्छ विश्वको ईतिहासबाट हामिलाई हेक्का छ । जस्ले बदलीदो परीवेश लाई आत्मसात गर्नसक्छ उसैको अस्तीत्व रहने चार्ल्स डार्बिनको सिद्दान्त आजपनि त्यतिकै सान्र्दभिक छ । त्यसैले यातायात व्यावसायमा वषौदेखि चलिआयको परम्परा यात्रुलाई तछाड मछाड गर्दै अमानविय व्यवाहार गर्ने, अव्यवस्थीत पार्किङ, शौचालय, पानि, विश्राम स्थलका कारण यात्रुले दुख पाएको देखीन्छ । विशेष गरी ठुला चाडपर्व हरु नजिकिदा यात्रु तानातान गरी यात्रुहरुलाई मानसीक सारीरिक तनाव दिई गाडिमा यात्रु जवरजरुती राख्ने दोहरो टिकट काटने जस्ता दुख दियको देखीन्छ । तर्सथ हाम्रो प्रतिसपर्धा स्तरीय सेवासुविधा र भरपर्दो आरामदायी सेवा दिनेमा हुनुपर्दछ । समग्रमा यात्रु हरुकै सेवा सुविधाकालागि हामिले सानो प्रयास गरेका छौ । कर्णालीको पर्यटन प्रर्वधन र विकाशमा सघाउन सुविधा युक्त सार्वजानिक भाडाका गाडी बाट सेवा दिनेगरी आर्थिक पाटो र बाटोघाटोको समस्या हुदा हुदै पनि राम्रो कामका लागि जोखिम मोल्न तयार छौ । त्यसैले कर्णालीको पर्यटन पर्वधन टेवा पुर्याउनका लागि भिजिट कर्णाली यातायात प्रा लि ले सेवा दिदै आयको छ। हामीले कर्णालीका जन्ताको साथ सपोर्ट को आसा गरेका छौ। केही नयाँ दिदैछौ।“ कर्णालिका जन्ताको साथ सर्पोट भिजिट कर्णालीलाई भिजिट कर्णालीका कमिकमजोरी सच्चाउदै स्मार्ट हुदै जाने प्रतिवद्धता कर्णालीका जन्ता लाई“ “समृद्ध कर्णालीका लागि पर्यटन र पर्यटकका लागि भिजिट कर्णाली “ मिसनका साच हामि २१ औ सताब्दिको डिजिटल युगमा पुगीसके पनि पुरानै सैलिमा यातायात सेवा लिइरहेका छौ । यसलाई युगको मागसँगै डिजिटल वनाउदै हामी यो क्षेत्रलाई परिर्वतन गर्न चाहान्छौ । घर घरवाट यातायात सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भिजिट कर्णाली यातायात प्रा ली नाम राखी अनलाईन मोवाईल एप निमार्ण गरी आजका दिन देखी विधिवत रुपमा सेवा सुचारु गरीएको छ । त्यसैले समयको माग अनुसार सार्वजानिक यातायातलाई डिजिटल मैत्रि बनाउदै यात्रुहरुलाई घर घरमै यातायात सेवा दिदै सेवालाई स्तरीय भरपर्दो सुरक्षित वनाउन यो एप visitkarnaliyatayat र वेब साईड www.visitkarnali.com.np सुचारु भएको सबैमा जानकारी गराईन्छ । हामिले यस प्रालि वाट दिने सम्पुर्ण सेवा हरु www.visitkarnali.com.np मा अपडेट गर्ने कुरा प्रतिबद्धता गर्न चाहान्छौ ।