सुर्खेतमा द्वन्द्व संवेदनशीलता पत्रकारिता तालिम सम्पन्न

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा द्वन्द्व संवेदनशीलता पत्रकारिता तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र दैलेखमा कार्यरत २० जना पत्रकारको सहभागितामा दुई दिने द्वन्द्व संवेदनशीलता सम्बन्धि तालिम सम्पन्न भएको हो ।

तालिम मंगलबार र बुधबार दुई दिन सम्म चलेको थियो । मिडिया एक्सन नेपालको आयोजनामा तालिम संचालन भएको थियो । समाजमा हुने विभिन्न खाले द्वन्द्व न्युनीकरणमा पत्रकारले निभाउनु पर्ने भुमिका र जिम्मेवारीका विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।

‘द्वन्द्वको अवस्था, कारण, संवेदनशिलता, सामाजिक मान्यता, उत्पन्न विवाद तथा समाधानका पहलका विषयका बारेमा पत्रकारले कसरी जानकारी राख्नुपर्छ’ उनले भने, ‘विभिन्न किसिमका द्वन्द्वको न्यूनीकरण गर्नमा पत्रकारको विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’

सञ्चारले मानवीय जीवनशैली र व्यवहारमा परिर्वतन ल्याउने हुँदा समाचार सामाग्री प्रकाशन÷प्रशारण गर्दा द्वन्द्व संवेदनशीलतालाई ख्याल गनुपर्नेमा प्रशिक्षक कमलदेव भट्टराईले बताए ।

पत्रकार संवेदनशिल हुन नसके पत्रकारिता पेशा सुरक्षित हुनुका साथै समाजमा द्वन्द्व सिर्जना हुने उल्लेख गर्दै प्रशिक्षकहरुले सबै पत्रकारमा द्वन्द्व सम्वेदनशीलता सम्वन्धी ज्ञान अनिवार्य हुनुपर्ने बताएका थिए । बढ्दो प्रविधिले समाजमा धार्मिक, जातिय तथा वर्गिय द्वन्द्वले प्रसय पाउने सक्ने जोखिमप्रति पत्रकार सदा चनाखो हुनुपर्नेमा जोड दिइएको थियो ।

तालिममा सहभागी पत्रकारहरुले द्वन्द्व संवेदशिलता सम्बन्धी रिपोटिङ्मा आफूहरुले पालना गर्ने १७ बुँदे आचारसंहितासमेत जारी गरेका थिए । मिडिया एक्सन नेपालले कर्णालीका ६० जना पत्रकारहरुलाई द्वन्द्व संवेदनशिलता सम्बन्धि तालिम दिन लागिएको आयोजक मिडिया एक्सनले जनाएको छ ।