पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत- बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । कालिकोट प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

अवरुद्ध क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।