दशौँ राष्ट्रिय खेलकुदका लागि नीतिगत तयारी तिब्र

सुर्खेत – कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नीतिगत तयारी पनि तिब्र पारेको छ । परिषदका अनुसार प्रतियोगिता आयोजना तयारीस्वरुप विभिन्न कार्यक्रम समेत आयोजना गरिएको हो ।

जसअनुसार १५ साउन २०८० मा सातवटै प्रदेशका खेलकुद परिषद्का सदस्यसचिव र जिल्ला खेलकुद विकास समितिसँग अन्तर्क्रिररया कार्यक्रम गरिएको थियो ।

यस्तै २२ मंसिर २०८० मा युवा तथा खेलकुद परिषद् र अन्य सरोकारवासँग अन्तर्क्रिररया गरिएको छ । परिषद्ले १८ र १९ पुस २०८० मा कर्णालीका ५९ जना पत्रकारहरूलाई राष्ट्रिय खेलकुद सम्बन्धी तालिम तथा अन्तर्क्रिररया गरेको छ । २२ माघ २०८० मा कर्णालीका खेलाडीले प्रयोग गर्ने मार्चपास र खेल पोशाक सार्वजनिक गरेको छ ।

२० माघमा प्रदेशको खेलकुद गीत रचना तथा संगीतसहित खेल गीत सार्वजनिक भएको छ । यस्तै २७ जेठ २०८० मा युवा तथा खेलकुदमन्त्री, सचिव, प्रदेश मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लगायतको सहभागितामा खेलकुद तयारीसम्बन्धी अनुगमन र निरीक्षण भएको छ । ४ मंसिर २०८० मा १० प्रतियोगिताका लागि छनोट भएका कर्णाली प्रदेशका खेलाडीहरूलाई मासिक ५ हजार खाजाभत्ता उपलब्ध गराउने निर्णय भएको छ ।

१६ पुस २०८० मा खेलकुद प्रतियोगिता एवं प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकका लागि खेलाडी सुविधाअन्तर्गत जिल्लास्तरीय खेलकुद प्रतियोगिताका लागि १२ सय, प्रदेशस्तरीय प्रतियोगिताका लागि १६ सय र अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि दुई हजार रुपैयाँ सुविधाबापत उपलब्ध गराउने निर्णय गरिएको छ ।

२४ जेठ २०८१ मा अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता र १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेतालाई १० हजार पुरस्कार दिने र दशौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेतालाई प्रतिखेलाडी तीन लाख दिने घोषणा गरेको छ ।

२० साउन २०८१ मा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने प्रदेश टिमको छनोट, बन्द प्रशिक्षण र टिम सहभागितालगायतका गतिविध सञ्चालन गर्न १६ करोड बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ ।