१२ जिल्लामा अति उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – आज (मंगलबार) काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महााशाखाले आज बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी सिन्धुपाल्चोक, काठमाडौँसहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

बुलेटिनअनुसार आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहावको उच्च जोखिम देखिएको छ।

सजग गराउँदै महाशाखाले अगाडि भनेको छ( नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै आज अन्य ५१ जिल्लामा पनि बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा नदीमा आकस्मिक बहावको मध्यम जोखिम देखिएको हो।

महाशाखाले भनेको छ( नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।