मुगुका ऐनबहादुर शाही पहिलो पटक मन्त्री (यस्तो छ राजनितीक पृष्ठभुमि)

सुर्खेत – नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसबाट पहिलो पटक मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् ।

यस्तो छ, शाहीको राजनितीक पृष्ठभुमि :

मन्त्री ऐनबहादुर शाही मुगुका निकै लोकप्रीय नेता हुन् । आम नागरिकसँगै पाटीभित्र र अन्य पाटीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । भने वहालवाला पाटी जिल्ला सभापती पनि हुन् ।

२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ मा जन्मेका शाही २०४४÷०४५ बाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए । बहुदलिय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।

भने फेरी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । यो पटक आम मतदाताले शाहीका निकटम प्रतिस्पर्धि नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराउँदै शाहीलाई ठुलो मतान्तरले विजयी गराएका थिए । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए ।

शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाको विकासमा ठुलो योगदान गरेका छन् ।

२२ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ–
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

मन्त्रिपरिषद्मा १० नयाँ अनुहार

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले १० नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् ।

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका छन् ।

दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् ।