आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली विकास सुस्त हुन जान्छ । त्यसैले यो समयमा हरेक सानो कुराको ख्याल राख्नु जरुरी हुन्छ । किनकि यसबेला बच्चाले जे देख्छ, त्यही बानी अपनाउने वा सिक्ने गर्छ ।
त्यसैले आमाबाबुले बच्चाको बोली विकासको क्रममा केही गल्तीमा विशेष ध्यान दिनुपर्छ । अन्यथा, यो बच्चाको बोली विकासमा पनि बाधा हुनसक्छ ।
बच्चाको बोली विकासको क्रममा ध्यान दिनुपर्ने ६ कुरा
स्पीच थेरापी नगराउने
धेरै आमाबाबुले आफ्नो बच्चालाई छिटो बोल्न सिकाउन स्पीच थेरापी गराउँछन् । तर बच्चालाई चिकित्सकको सल्लाह विना स्पीच थेरापी गर्नुहुँदैन । किनभने बच्चाले ढिलो बोल्नुको अन्य धेरै कारण हुनसक्छन् । त्यसैले चिकित्सकलाई जाँच गराएर ढिलो बोल्नुको समस्या पत्ता लगाएर मात्र स्पीच थेरापी गराउनुपर्छ । समस्या के हो थाहा नभई स्पीच थेरापी गराएमा पछि अन्य समस्या निम्त्याउन सक्छ ।
अभिभावकको अर्को गल्ती आफ्नो बच्चाको विकासलाई अरुसँग तुलना गर्ने हो । साथै हरेक बालबालिकाको विकास प्रक्रिया फरक हुन्छ । यस्तो अवस्थामा अनावश्यक तनावले आमाबुवा र बच्चा दुवैलाई समस्या निम्त्याउन सक्छ ।
बच्चासँग कुरा नगर्नु
आमाबाबुको अर्को सबैभन्दा ठूलो गल्ती हो, बच्चाहरुसँग कुराकानी नगर्नु । आमाबाबुले बच्चासँग कुरा गर्दैनन् भने यसले बच्चाको बोली विकासमा बाधा पुर्याउन सक्छ । किनभने बच्चाहरू प्रायस् अभिभावकले बोलेको सुनेर भाषा सिक्छन्, त्यसैले उनीहरुलाई कुराकानीमा समावेश गर्नु महत्वपूर्ण हुन्छ । बच्चालाई नियमित रूपमा पढ्न सिकाउन, दैनिक कार्यहरू सिकाउन, शब्दहरू बुझ्न र प्रयोग गर्न मद्दत गर्नु आवश्यक हुन्छ ।
अत्याधिक सुधार गर्न खोज्नु
बच्चाले बोलिरहँदा अत्याधिक सुधार गर्नु अर्को गल्ती हो । त्यसैले बच्चाको बोलीमा सुधार गर्नबाट पनि बच्नुपर्छ । यस्तो भन्दैमा सुधार गर्नुहुँदैन भन्ने होइन तर उनीहरुको गल्तीमा सुधार गर्नुभन्दा तिनीहरूलाई सही तरिकाले कसरी बोल्ने भनेर सिकाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
हरेक कुरामा बाधा अड्चन वा टोक्ने बानीले बच्चालाई समस्या निम्त्याउन सक्छ । उदाहरणका लागि बोलेको नमिल्ने डरले बोल्नै कम गर्ने वा बोल्नै छोड्ने हुनसक्छ । बरु अभिभावकले बच्चाले भनेका सबै कुरा सही रूपमा दोहोर्याउनुपर्छ र उसको प्रयासलाई प्रोत्साहन दिने गर्नुपर्छ ।
स्क्रिन टाइम
बच्चाको बोली विकास गर्न स्क्रिन टाइम नियन्त्रण गर्नुपर्छ । यसमा ज्ञान शिक्षा सम्बन्धित चीजहरू देखाउन लाभदायक हुन्छ । तर स्क्रिन टाइमको अत्याधिक बानीले बच्चाको मानसिक स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यसले बच्चालाई बोल्नुको सट्टा बोल्ने बच्चालाई पनि नबोल्ने बनाउन सक्छ ।
समान उमेरसँग राख्ने
आजभोलि बच्चा झगडा गर्छ, फोहोर हुन्छ भनेर बच्चालाई समान उमेरसँग राख्दैनन् । यो अभिभावकको अर्को गल्ती हो । अभिभावकले बच्चालाई आफ्नो उमेरका बच्चाहरूसँग समय बिताउन दिनुपर्छ । किनकि अरु बालबालिकालाई देखेर उसले पनि बोल्न र अगाडि बढ्न सिक्छ । यसबाट बच्चाको शब्द लिने र बुझ्ने क्षमता स्वतः बढ्छ ।
मन्टेश्वरीमा पठाउने
बच्चालाई घरमै राख्नुभन्दा मन्टेश्वरीमा पठाउनु राम्रो विकल्प हो । यसले बच्चालाई नयाँ शब्द सिक्न, बुझ्न, र अन्य बालबालिकासँग घुलमिल गर्न मद्दत गर्छ । तर बच्चा तीन वर्षभन्दा बढी भइसकेको छ तर बोल्न सिकेको छैन भने उसलाई चिकित्सकलाई जाँच गराउनुपर्छ । किनभने कहिलेकाहीं शरीरमा केही कमीको कारणले पनि नबोलेको हुनसक्छ ।
– एजेन्सीको सहयोगमा