भेरी नदीमा बेपत्ता २ बालकको शव गोताखोरले निकाल्यो

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।