यार्सा खोज्न जाँदा जाजरकोटका एक युवाको लेक लागेर मृत्यु

जाजरकोट – जाजरकोटका एक युवाको जीवन बुटी (यार्सा गुम्बा) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको जनाइएको छ ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले कमाइको लागि जिवनवुटी खोज्न डोल्पाका लेकमा गएका गुरुङको लेक लागेर मृत्यु भएको जानकारी दिनु भयो ।

यो सिजनमा जाजरकोट लगायतका जिल्ला वाट आर्थिक जोहो गर्नका लागि डोल्पाका लेकमा बहुमूल्य जडीबुटी (यार्सा गुम्बा) खोज्न जाने चलन रहेको छ ।