कर्णाली सरकारले पूर्णता पाउँदै, ६ मन्त्रीले सपथ लिने

सुर्खेत – कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका एमाले संसदीय दलका नेता नेता यामलाल कँडेलले २१ औ दिनमा मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे ६ मन्त्रीहरुले सपथ लिने छन् । यद्यपी मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा चार माओवादी र मुख्यमन्त्रीसहित चार मन्त्रालय एमालेले लिने गरी सहमति भएको थियो । जसमा माओवादीबाट बिनाविभागिय मन्त्रीका रुपमा रनसिंह परियारले यसअघि नै सपथ लिइ सकेका छन् ।