सुर्खेतमा आगलागीबाट व्यापारीक गोदाम र विद्यालय भवन जले (यस्तो छ फोटो हेर्नुहोस्)

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी हुदाँ करोडौंको क्षती भएको छ । आगलागीबाट ज्वाला ट्रेडर्सको गोदाममा रहेका भवन रंगरोगन तथा पलम्बिङका सामान जलेर नष्ट भएका छन् ।

साेही आगलागीबाट गोदामसँगै जोडिएको यज्ञपिस बोर्डीङ स्कुलको तीन कोठे भवन पनि जलेको छ । आइतबार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालन भएको थियो । तर आगो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय भने सक्रिय देखिएन । प्रसाशनको समन्वयको कमिका कारण आगो नियन्त्रण गर्न प्रहरी परिचालनमा निकै ढिलाई भयो ।

स्थानीय युवाहरुले करिब एक घण्टा लगाएर दमकलको सहायताबाट आगो नियन्त्रणमा लिएका हुन् । आगो नियन्त्रणको अनितमअन्तिमतिर सशस्त्र प्रहरीको टिम पुुगेको थियो । प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन ।