गणेशप्रसाद जोशीको नेतृत्वमा नेइप्रोसो कर्णालीको नयाँ समिति चयन

सुर्खेत – निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (नेइप्रोसो)) कर्णाली प्रदेशको अध्यक्षमा गणेश प्रसाद जोशी चयन हुनुभएको छ ।

नेपाल बीमा प्रधिकरण कर्णाली प्रदेश कार्यालय र कर्णालीका निर्जीवन बीमा कम्पनीहरुको प्रादेशीक कार्यालय प्रमुखहरुको समन्वयमा जोशीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको हो ।

विहिबार योगेन्द्रबहादु कार्की नेतृत्वको पूर्व कार्य समिति विघठन गरी शिखर इन्सोरेन्सका प्रदेश प्रमुख समेत रहेका जोशी अध्यक्ष बन्नुभएको हो । जसको उपाध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रदेश प्रमुख राकेश बिसी र महासचिबमा युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख धिरेन्द्रकुमार शाही चयन हुनुभएको छ ।

यस्तै सचिवमा प्रभु इन्स्योरेन्स सुर्खेत शाखाका प्रमुख कलम रोकाय र कोषाध्यक्षमा आइजिआइ प्रुडेन्सियल शाखाका प्रमुख चन्द्रबहादुर थापा चयन हुनुभएको छ । नयाँ कार्यसमितिको सदस्यमा राष्ट्रिय बीमा कम्पनी सुर्खेतका राजेन्द्र सुनार र सलिको इन्स्योस्योरेन्स कम्पनीका बिनित पौडेल चयन हुनुभएको छ ।