सुर्खेत – दैलेख लगायतका जिल्लाबाट उपचारका लागि आउने बालबालिकाहरूमा पछिल्लो समय हेपाटाइटिस ‘ए’ को सङ्क्रमण देखिन थालेको छ । चिकित्सकहरूले बालबालिकाहरूमा तीव्र सङ्क्रमण देखिएको भन्दै ध्यान दिन सुझाव दिएका हुन् ।
वीरेन्द्रनगर स्थित नेपाल बाल पोलिक्लिनिकमा उपचारमा आउने धेरै जसो बालबालिकामा उक्त रोगको सङ्क्रमण देखिन थालेको बालरोग विशेषज्ञ डा। नवराज केसी बताउँछन् । उनका अनुसार सदरमुकामसमेत रहेको दैलेखको नारायण नगरपालिकाबाट पछिल्लो समय जन्डिस भएका बालबालिकाहरू वीरेन्द्रनगरमा उपचारका लागि आउँदा उनीहरूमा उक्त रोगको सङ्क्रमण देखिएको छ ।
‘यो समस्या धेरै जसो दूषित पानीबाट सर्ने भएको हुँदा त्यहाँको खानेपानी ढलसँग ९वा अन्य० मिसावट भएको हुनसक्छ,’ उनले भने, ‘सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनका अनुसार नारायणबाट आएका धेरै बालबालिकाहरूमा हेपाटाइटिस ‘ए’ देखिएको छ ।
‘यो दुई महिनायता जन्डिस भएका बिरामीहरू नियमित रूपमा यता आइरहेका छन्,’ उनले भने, ‘यता परीक्षण गर्दा यस्तो सङ्क्रमण भएको पुष्टि भएको छ ।’ अहिले विगत वर्षको भन्दा धेरै नै मात्रामा बालबालिकाहरू उपचारका लागि आइरहेको उनले बताए ।