करेन्ट लागेर एक जनाको मृत्यु

दैलेख – जिल्लाको भैरवी गाउँपालिका वडा नं २ वडिमाईमा विद्युतको पोल गाढ्ने क्रममा करेन्ट लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।
नयाँ पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा भैरवी गाउँपालिका वडा नं. २ का २४ बर्षिय पुस्कर थापाको ज्यान गएको र वडा नं २ का भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार विद्युतको पोल गाड्ने क्रममा पोल ढलेर अर्काे विद्युतको तारमा लाग्दा करेन्ट लागेको र घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको छ ।