भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा निर्माण गरेर सञ्चालनमा ल्याईएको ७२ बेडको भेरी विशेष कोरोना अस्पतालका सेवा सुविधाहरु निकै उत्कृष्ट रहेको उपचाररत संक्रमितहरुले जनाएका छन् ।
विशेष कोरोना अस्पतालमा भर्ना हुनु भएका अधिकांशले सो अस्पतालमा हाल प्रदान गरिएका सेवा सुविधाहरु अतिनै उच्चस्तरको रहेको जनाए ।

भेरी विशेष कोरोना अस्पतालमा रहेका भएका नेपालगञ्ज १३ का कानुन व्यवसायी पुर्ण ढकालले पूर्ण रुपले वातानु कुलित रहेको सो अस्पतालमा संक्रमितको हेरचाहदेखि खाना नास्ता र सरसफाई सबै अतिनै उत्तम रहेको बताए ।

उनले सो अस्पतालमा अधिकांश लक्षण भएका संक्रमितहरु रहेकोले उनिहरुको हेरचाह तथा उपचारमा कुनै प्रकारको कमी नगरी नम्र व्यवहारका साथ राम्ररी उपचार गरिरहेको बताए ।
यसैगरी संक्रमित भएर त्यहाँ भर्ना भएका नेपालगञ्ज कारकाँदोका विरेन्द्र बस्नेतले पनि सो विशेष कोरोना वार्डमा स्तरीय तारे होटलको जस्तो सेवा सुविधा प्राप्त भैरहेको बताए ।

भेरी बिशेष कोरोना अस्पतालको अत्याधुनिक संक्रमित वार्ड

उनले सो अस्पतालमा स्वास्थ्यकर्मीहरुको व्यवहार अतिनै राम्रो रहेको जनाउँदै खाना र नास्ता स्तरीय दिनुका साथै सरसफाईमा पनि विशेष ध्यान राखिने गरिएको पाईएको बताए ।
सोही प्रकारले नेपालगञ्ज ९ का मीना पाण्डेले पनि अहिले त्यहाँ प्रदान गरिएका सबै प्रकारका सेवा सुविधाहरु निकै उच्चस्तरीय खालका रहेको जनाउँदै सधैं यस्तै राख्नुपर्नेमा जोड दिए ।
संक्रमित भएर त्यहाँ रहेकाएका ५नेअधिकांशले सधैभर सो वार्डमा यस्तै सेवा सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

सो विशेष कोरोना अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले संक्रमितहरुलाई विशेष प्रकारको सुविधा दिएर निको पार्ने उदेश्यसहित यो अस्पताल सञ्चालनमा ल्याईएको बताए ।
उनले ८ बेड आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पतालको सेवा सुविधा हेरेरनै अहिले ६५ जना संक्रमित त्यहाँ भर्ना रहेको बताए ।

अस्पताल प्रमुख डा. यादवले केही लक्षण नभएकाहरु पनि त्यहाँ भर्ना रहेकोले उनिहरुलाई त्यहाँबाट अन्यत्र आइसोलेसनमा सारेर लक्षण भएकालाई ल्याउने तयारी भैरहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगको पहल र सक्रियतामा निर्माण गरिएको सो अस्पतालका हरेक बेडमा अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ भने त्यहाँ ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । (गोरखापत्र अनलाइन)