२०२३ मा चार वर्षयताकै बढी चिकित्सक विदेशिए, सबैभन्दा धेरै अमेरिका

काठमाडौं – सन् २०२३ मा चार वर्षयताकै धेरै चिकित्सक विदेशिएका छन् । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रगति विवरणमा सो वर्ष दुई हजार ५०० बढीले असल चारित्रिक प्रमाणपत्र लिएको उल्लेख छ ।

सन् २०२३ मा दुई हजार ५८२ जनाले असल चारित्रिक प्रमाणपत्र ९गुड स्टयाण्डिङ सर्टिफिकेट० लिएका छन् । जुन चार वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो ।

सन् २०२० मा एक हजार ८७ जनाले सो प्रमाणपत्र लिएकोमा सन् २०२१ मा एक हजार ५०२ जनाले लिएका थिए । यस्तै, २०२२ मा दुई हजार १८९ ले सो प्रमाणपत्र लिएका हुन् ।

सबैभन्दा धेरै अमेरिकाका लागि एक हजार ८८८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । दोस्रोमा यूकेका लागि एक हजार ५७८ जनाले सो प्रमाणपत्र लिएका छन् ।

यीबाहेक चिकित्सक धेरै जानेमा माल्दिभ्स, भारत, यूएई, अष्ट्रेलियालगायत मुलुक रहेको काउन्सिलको विवरणमा उल्लेख छ । सो प्रमाणपत्र विदेश अध्ययन, काम गर्न जान र नेपालमै समेत बढुवाका लागि प्रदान गर्ने गरिएको छ ।