काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे।
उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको जानकारी दिए। मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको र त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको जानकारी दिए।
मन्त्री श्रेष्ठले पुलिसले फायरिङ गरेपछि मात्रै गाडी जलेको देखिएको समितिमा जानकारी गराए।