सुर्खेत – सुर्खेतमा जारी आन्दोलनको अवेज्ञा गरेको भन्दै युवाहरुले ७० बढि सरकारी सवारी साधान नियन्त्रणमा लिएका छन् ।
काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी आन्दोलनको अवसरमा सवारी चलाउँदा आन्दोलनरत युवाहरुले सवारी साधान नियन्त्रणा लिई प्रहरीको जिम्मा लगाएका हुन ।
‘युवा विद्रोह’ जनसंघर्ष समितिले एरीचोक, इत्राम, मंगलगढी चोक लगाएत मुख्य स्थानमा जारी राखेको आन्दोलनका अवसरमा सरकारी सवारी चलाउँदा जानकारी हुदाँहुदै आन्दोलनको अवेज्ञा गरेको भन्दै ७० वटा, मोटरसाइकल र ७ वटा चारपांग्रे गाडी नियन्त्रणमा लिएका छन् ।
नियन्त्रणमा लिइएका सरकारी सवारी साधानहरु प्रदेश र जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा राखिएका छन् । यस्तै समितिले शुक्रबार सडक आन्दोलन र शनिकार वीरेन्द्रनगर बजारको यरीचोकबाट ¥यालीसहित मंगलगढी पुगेर एक घण्टा सडक चक्काजाम गरेको थियो ।
संघीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले प्रदर्शन गरिरहेका छन् ।
ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन जारी छ । सडकमा उत्रिएरका पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै आएका छन् ।
सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगाएतका माग पीडित पक्षले राख्दै आएका छन् ।