बाँकेमा बोलेरोको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु, सहायक हवल्दार घाइते

बाँके – बाँकेमा बोलेरोको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ भने अन्य एक जना प्रहरी घाइते भएका छन् ।

विहिवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै अनियन्त्रित हुँदा भे १ च ३४०७ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा एक जना प्रहरी जवान र प्रहरी सहायक हवल्दार गम्भिर घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारको लागी लगिएको थियो । उपचारका क्रममा रुकुम पश्चिम मुसीकोट घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी जवान विशाल वलीको मृत्यु भएको छ भने बर्दिया बाँसगढि नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जनाइएको छ ।