कर्णाली प्रदेश संङग्राहलयलाई मगर समुदायको पोशाक हन्तान्तरण

सुर्खेत – नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संङग्राहलय सुर्खेतमा मगर समुदायले लगाउने पोशाक हस्तान्तरण गरेको छ। डोल्पामा बसोवास गर्ने मगर समुदाय अन्र्तगत काइके समुदायमा दुई दिने क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेर सुर्खेत आएको समितिले प्रदेश सङ्ग्राहलय वीरेन्द्रनगरमा बाह्रघरे, अठारघरे र काइके समुदायले लगाउने पोशाक हस्तान्तरण गरेको हो।

सङग्राहलयमा मगर समुदायले लगाउने पोशाक राखेपछि सबैले हेर्न र अवलोकन गर्ने भएकाले पोशाक हस्तान्तरण गरिएको नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु रानामगरले बताईन्। ‘यसअघि सङग्राहलय अवलोकन गरि मगर समुदायको पोशाक राख्ने प्रतिवद्धता जनाएको थियो।’ उनले भनिन् ‘समितिले हाल आएर मगर समुदाय अन्र्तगत तिन समुदायको मगर पोशाक प्रदान गरिएको छ।’

पोशाक हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा मगर समुदाय अन्र्तगत अल्पसंख्यक काइकेको भाषा तथा पोशाक संरक्षणमा सिङ्गो मगर समुदाय नै लागि परेकाले सबैले सहयोग गरिदिन हुन पनि संघका केन्द्रीय महासचिव मिना घर्तिमगरले जानकारी दिइन्।

पोशाक ग्रहण गर्दै कर्णाली प्रदेश सङ्ग्राहलय सुर्खेतका निमित्त प्रमुख अर्जुनबहादुर शाहीले मगर समुदायको पोशाकलाइ सुरक्षित तरिकाले प्रर्दशन गरि राखिने प्रतिवद्धता जनाए।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यावहाक अध्यक्ष अशोक राजी, नेपाल मगर महिला संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष धनकुमारी रानामगर, काइके भाषिक उपाध्यक्ष मंगली रोकायमगर, उपमहासचिव चित्रा श्रीसमगर, जनमसम्पर्क सचिव कृष्णा वंशिमगर, कोषाध्यक्ष सुधा रानामगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हरि थापामगर, नेपाल मगर महिला संघ कर्णाली प्रदेश अध्यक्ष निर्मला गाहामगर, जिल्ला अध्यक्ष खिमकुमारी सोतीमगर, निवर्तमान केन्द्रीय सदस्य विमला थापामगर लगायत संङ्ग्राहलयका कर्मचारीहरुको सहभागिता रहेको थियो।