सुर्खेत – एकजना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालय एक साताका लागि बन्द गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आइतबार डीन कार्यालयका एक पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पदाधिकारीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय र डीन कार्यालयको काम एक साताका लागि बन्द गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
प्रशासनिक काम एक साताको लागि बन्द गरिएको विश्वविद्यालय प्रशासनका अधिकृत दिनेश गौतमे जानकारी दिए । उनका अनुसार सोमबारदेखि असोज ४ गतेसम्म विश्व सेवा बन्द हुनेछ ।
यो अवधिमा पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाई सम्बन्धित निकायका प्रमुखसँगको सम्पर्कमा रही घरबाटै काम गर्न भनिएको छ ।