सुर्खेत घटना : दोषिलाई कानूनी उपचार र पीडितलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग

सुर्खेत – सुर्खेतमा भएको दुई छुट्टा छुट्टै बालक मृत्यु घटनाको छिटोभन्दा छिटो कानूनी उपचार र क्षतीपुर्तीको व्यवस्था गर्न कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुले सरकारको ध्यानाकर्षण भएको छ ।

आइतबार प्रस विज्ञप्ती जारी गर्दै घटाको सत्य, तथ्य र निष्पक्ष छानविन तथा अनुसन्धान गरी कानूनी उपचार र पिडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग गरेका हुन ।

प्रेस विज्ञप्तीमा भनिएको छ…
प्रेस विज्ञप्ती मिति २०८० असोज १२ गते सुर्खेत वीरेन्द्रनगरमा रहेको उपा बालबाटिका माध्यामिक विद्यालयको होस्टेलमा बसेर कक्षा २ मा अध्ययन गर्ने दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका वार्ड नं. १ का सलाम पुलामी छात्रावासमा झुण्डिएको अवस्थामा भेटिएको र दैलेख जिल्ला आठविस नगरपालिका वार्ड नं. ६ का ५ वर्षीय दिग्दर्शन पुरीको वीरेन्द्रनगरको जुम्ला रोडको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते भई उपचारका क्रममा मृत्युको घटनाले नेपालको भविष्यका कणांधार रहेका बालबालिकाको जीवनको जहातही असुरक्षा बढिरहेको देखाएको छ । बाल अधिकार महासन्धी, नेपालको संविधान र वाल अधिकार सम्बन्धि ऐनले समेत प्रदत्त बालबालिकाको बाच्न पाउने अधिकारको प्रत्याभूती हुन नसकेको प्रति हामी कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुको ध्यानाकर्षण भएको छ ।
. बालबालिकाको सर्वोत्तम हितलाई ख्याल राख्दै बाल अधिकार महासन्धि १९९९ का मुख्य आधारभुत अधिकारहरु बचाउ, विकास, संरक्षण र सहभागीताका अधिकारहरु प्रत्याभुत गराउन राज्यका सबै निकायहरुलाई जिम्मेवार हुन हामी अपिल गर्दछौं ।
यी दुवै घटनाको सत्य, तथ्य र निष्पक्ष छानविन तथा अनुसन्धान गरी कानूनी उपचार र पिडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्दछौं ।