सदभाव इन्टरनेसनल एजुकेसनको समाचार खण्डन

सुर्खेत – यसअघि सद्भाव इन्टरनेसनल एजुकेसनका सञ्चालक सुमन कुमार श्रेष्ठविरूद्व उजुरी शीर्षकको समाचार यस अनलाइनमा प्रकाशित भएपछि उक्त समाचारको खण्डन प्राप्त भएको छ ।

हतारमा सत्य पुष्टि नगरी प्रकाशन भएको उक्त समाचारका कारण सद्भाव इन्टरनेसनल एजुकेसनका सञ्चालक सुमन कुमार श्रेष्ठलाई पर्न गएको असरप्रति माफि चाहादै समाचरप्रति उनले लेखेको खण्डन जस्ताको त्यस्तै प्रकाशन गरिएको छ ।

सोही बिषयमा प्राप्त प्रेस काउन्सिल नेपालको पत्र अनुसार आगामी दिनमा यस्ता त्रुटी नदोहोरीने समेत यस मिडिया प्रा.लि अवगत गराउँदछ ।