विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत – कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्। बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।

अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। विकासमा राजनीतिक गर्न नहुनेसमेत बताएका छन् । खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे।

उनले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको समेत बताएका छन्। खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताए।

कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताए।