काठमाडौं – नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन बुधबादेखि सुरु हुँदै छ ।
अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा ६ सय ४ प्रतिनिधिले भाग लिनेछन् ।
जसमा सुर्खेतबाट १ सय १२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५ सय ५४ प्रतिनिधि छानिएका छन् ।
यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ । पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल बनाउन नपाइने बताउनुभएको छ ।
सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।