मौसम बिग्रिएपछि प्रधानमन्त्री सुर्खेतमै, सर्वदलीय बैठकको समय सर्‍यो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे आव्हान गरिएको सर्वदलीय बैठकको समय सरेको छ।

सोमबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेत गएका प्रधानमन्त्री प्रचण्ड फर्कन ढिला भएपछि आजै साँझ ७ बजेसम्मका लागि बैठक सरेको हो।

मौसमका कारण उडानमा ढिलाइ भएपछि प्रधानमन्त्री प्रचण्ड सुर्खेतमै अड्किएका छन्। यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा दलहरू संसद् खुलाउन सहमत नजिक पुगेका छन्।

विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको अडान छ।