‘बीमा जनचेतना जगाउन आइएमई लाइफको महत्वपूर्ण भुमिका’

सुर्खेत – बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले बीमा जनचेतना जगाउन आइएमई लाइफको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । आइएमई लाइफ इन्सोरेन्सको छैटौ बार्षिककोत्सवका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आइएमई लाइफ सुर्खेत कार्यालयको आयोजनामा सम्पन्न प्रभातफेरी र रक्तदान कार्यक्रमपछि बोल्दै प्रमुख सोडारीले आइएमई लाइफका अभिकर्ता तथा कर्मचारीहरु हरेक टोलटोल र दुर्गम बस्तिसम्म पुगेर बीमा जनचेतना जगाउन सफल भएको भन्दै प्रशंसा गरे ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमध्ये आइएमई लाइफ इन्सोरेन्सले अरु भन्दा फरक भएर काम गर्दै आफुलाई अब्बल बीमा कम्पनिको दर्जामा सावित गर्दै गएको उनको भनाइ छ । ‘अहिले पनि बजारमा वीमा भन्ने वित्तिकै नागरिकले नाम खुम्च्याउने स्थिति छ । यसबारे कमिकमजोरी पत्ता लगाउन पनि प्राधिकरणले छलफल गरिरहेको छ’ उनले भने, ‘यसमा आइएमई लाइफले पनि सहजिकरण गरोस् । बजारका भ्रम चिरेर बीमा कम्पनिप्रतिको आकर्षण बढाउन आइएमई लाइफको भुमिका महत्वपूर्ण रहन्छ ।’

नागरिकलाई बीमा गर्न उत्साहित बनाउनुपर्नेमा बीमा अभिकर्ताले जोड दिनुपर्ने बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख सोडारीले बताए । अभिकर्ताको व्यवहारबाट वीमितहरु बीमा गर्न इच्छुक हुने भन्दै आइएमई लाइफका अभिकर्ताहरु अरुभन्दा फरक भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेतापनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन लागिपर्नुपर्ने सोडारीले बताए ।

बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरणको स्वायत्ततालाई सुनिश्चित गरेको जानकारी गराउँदै प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढेको उनले बताए । विपन्न बर्गसम्म बीमाको पहुँच विस्तार, समयमैं बीमा दावी भुक्तानी, बीमितको हक हितको संरक्षण, बीमा शिक्षा तथा सचेतना अभिवृद्धि, बीमा सूचना केन्द्रको स्थापना र लघुबीमाको प्रवद्र्धनका लागि ऐनले व्यवस्था गरेअनुसार काम गर्न उनको सुझाब छ ।

बीमक मात्र नभई बीमितले समेत जालसाजी र मिलेमतो गरी ठगी लगायतका बदमासी गरेमा दण्ड सजाय गर्न सकिने व्यवस्था रहेको सोडारीले बताए ।