जहाज चलाइदिन प्राधिकरणसँग गुहारमाग्दै कर्णाली सरकार

फाइल तस्विर

सुर्खेत – नियमित जहाज उडान गर्न माग गर्दै कर्णाली प्रदेश सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई गुहारेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै कर्णालीमा नियमित जहाज उडानका लागि आग्रह गरेको हो ।

कर्णालीका दुर्गम हिमाली तथा पहाडी जिल्लामा नियमित हवाई सेवा सुचारु नहुदाँ विरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थादेखि आकस्मिक उद्धारमा सकस भएको छ ।

प्राधिकरणले साउन १२ गते हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विशेष देशभर दुर्गम जिल्लाका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक÷चार्टर उडानमा प्रतिबन्द लगाएको छ ।

उक्त निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाका नागरिकहरु सकसमा परेको भन्दै कर्णाली सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई बोदार्थ दिदै प्राधिकरणलाई पत्र पठाएको हो ।

कर्णालीका अधिकांश हिमाली तथा पहाड़ी दुर्गम जिल्लाहरुमा भरपर्दो सडक सञ्जाल छैन । भएका सडक पनि वर्षाको समयमा अवरुद्ध हुदाँ यातायात सेवा प्रभावित भएका छन् । यहाँका लागि यातायातको प्रमुख तथा भरपर्दौ साधन हवाई सेवा नै हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णालीका अनुसार नियमित हजाइ सेवामा प्रतिबन्द लगाउदाँ कर्णालीमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी गर्न, स्वास्थ्य सेवा प्रवाह गर्न र प्राकृतिक प्रकोपबाट पिडीत नागरिकको उद्दार गर्न लगायतका सेवा प्रवाहमा कठिनाई भएको छ ।

प्राधिकरणको साउन १२ गतेको निर्णयले पर्यटन व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको पत्रमा उल्लेख छ । बिहान ६ बजेदेखि दिउसो साढे १२ बजेसम्म अपरेशन आवरको समयभन्दा अघिपछि पनि उडान भर्न पाउनुपर्ने माग छ ।

विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बर महिनासम्मको अवधिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमित नदिने निर्णयले कर्णालीका जनताको दैनिक जीवनयापनमा कष्टकर हुँदै गएको भन्र्दै मन्त्रालयले प्राधिकरणको निर्णय उपर विचार गरी मौसमको अनुकूलताका आधारमा नियमित हवाई सेवा सुचारु गर्ने कार्यमा पहल गरिदिन प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको हो ।