कार्यालय प्रमुखलाई कुट्ने पूर्वसांसद र वडाध्यक्ष पक्राउ

मुगु : नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई। दत्त बुढथापामाथि हातपात गरेका छन्।

शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुदाँ निवर्तमान सांसद परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापालाई हातपात गरेका हुन्।

चालु आर्थिक वर्ष २०७९/८०को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरादिन दबाब दिदाँ आफुले अस्वीकार गर्दा आफू माथि कार्यालय भित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाले जनाए।

उनका अनुसार दुवै योजनाको काम भएको तर लागत स्टमेट अनुसारको भएको छैन्। ४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ। त्यसै अनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको बताए। बिल बढाउँ अख्तियारमा पर्ने डर नबढाँउ कुटाई खाने डरले मुगुमा काम गर्न असहज भएको बुढाले बताए।

प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन्। यो वर्षको आर्थिक वर्ष सकिन १ दिन बाँकी छ। अन्य योजनाको भुक्तानी दिन बाँकी रहेकाले काम गर्न असहज भएको कार्यालय प्रमुख बुढथापाले बताए।

यसै बिच हातपातपछि नि वर्तमान सासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ। उनिहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।