आज यी ६ प्रदेशले बजेट सार्वजनिक गर्दै

 

काठमाडौँ – आज (असार १ गते) ६ वटा प्रदेशले बजेट सार्वजनिक गर्दै छन्। आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार सबै प्रदेश (कोशीले भने यसअघि नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकको छ) का आर्थिक मामिला मन्त्रालयले शुक्रबार बजेट सार्वजनिक गर्ने भएका हुन्।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिलामन्त्रीले बजेट भाषण गर्ने छन्। कोशी प्रदेशले भने अध्यादेशमार्फत हिजै (बिहीबार) बजेट सार्वजनिक गरिसकको छ।

कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट सार्वजनिक गरेका हुन्।

केन्द्र सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ भित्र र स्थानिय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने छ। तर बजेटको कार्यान्वयन भने साउन १ अर्थात् नयाँ आर्थिक वर्षदेखि हुन्छ।