अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा

सुन्दर र आकर्षक देखिनका लागि मानिसले विभिन्न उपाय लगाइरहेका हुन्छन् । विभिन्न प्रकारका क्रिम, उपचार र अन्य धेरै उपायको सहारा लिइरहेका हुन्छन् । यी सबैले अनुहारमा चमक ल्याउने भए पनि बढ्दो उमेरसँगै अनुहारमा देखिने प्रभावलाई कम गर्न भने सक्दैन ।

यस्तो अवस्थामा अनुहारको लागि व्यायाम निकै उपयोगी साबित हुन सक्छ । यसका लागि ‘फेस योगा’ गर्न सकिन्छ । जसरी योगा स्वास्थ्यको लागि महत्वपूर्ण छ, त्यसैगरी अनुहारको लागि पनि उत्तिकै फाइदाजनक छ । आफ्नो अनुहारलाई आकर्षक बनाउन ‘फेस योगा’ कसरी गर्ने, के छन् यसका फाइदा रु जानौं ।

के हो फेस योगा ?

अनुहारको मांसपेशीको व्यायाम नै फेस योगा हो । यसले अनुहारको मांसपेशीलाई लचिलो, रक्तसञ्चार राम्रो गराउने, आराम दिने, पोषण दिने र छालामा हुने उमेरको प्रभावलाई पनि कम गर्न सकिन्छ ।

के कस्ता योग गर्र्ने ?

सिंह मुद्रा

सिंहासन योग सिंहले गर्जिने क्रममा मुख खोले जसरी गरिन्छ । यसले मुखको मांसपेशीलाई बलियो बनाउँछ । सिंह मुद्राले अनुहारका सबै मांसपेशीलाई कसिलो, रक्तसञ्चार चुस्त गराउनुका साथै चमक पनि ल्याउँछ । यो अनुहारको लागि उत्तम योगामध्ये एक हो ।

विधि

– सबैभन्दा पहिला भुईंमा एउटा म्याट ओछयाउने । यो विधि बेडमै बसेर गर्न पनि सकिन्छ ।

-सुखासनमा बस्ने र हातले म्याटमा टेक्ने । हातका औंलाहरु दुवै घुँडानजिक फैलाउने । यो अवस्थामा कुहिनो सिधा हुनुपर्छ ।

(आफनो मुख राम्रोसँग खोल्ने, जिब्रोलाई बाहिर निकालेर तल पु¥याउने, जिब्रो फैलाएर सिंह जस्तै गजिर्ने जसले अनुहारको मांसपेशीमा दबाब पुगोस् ।

-हरेक दिन बिहान दुई वा चार पटक दोहो¥याउने ।

ट्याप

आफ्नो औंलाको टुप्पोले पूरै अनुहार र घाँटीमा बिस्तारै ट्याप गर्ने अर्थात् (औंलाको माध्यमले अनुहारमा छिटोछिटो दबाब दिएर वार्मअप गरेर आफ्नो दिनचर्या सुरु गर्नु महत्त्वपूर्ण छ । यसले छालालाई जागृत गराई रक्तसञ्चार बढाउँछ र इलास्टिन र कलेजनको उत्पादन गर्छ । ट्यापिङले मानसिक रूपमा केन्द्रित गराई वर्तमान क्षणमा भइरहेको क्रियाकलापबारे सचेत गराउँछ ।

विधि

-आफ्नो औंलाहरूको टुप्पोको माध्यमले आफ्नो निधारमा ट्याप गर्दै दबाब दिने, कञ्चटको बीचबाट ट्याप ट्याप गर्न सुरु गर्ने र कञ्चटतर्फ लैजाने गर्नुपर्छ ।

-चिउँडोबाट सुरु गरी नाकको बेस हुँदै आफ्नो गालामा ट्याप ट्याप गर्ने ।

-चिउँडोको हड्डीदेखि गालाको हड्डीसम्म आफ्नो गालालाई माथिको गतिमा ट्याप गरिरहने ।

-माथिल्लो ओठको माथि करिब तीन सेकेन्डसम्म ट्याप गर्ने, त्यसपछि तल्लो ओठको तल केही सेकेन्डसम्म ट्याप ट्याप गर्ने ।

ह्याप्पी फ्रग

भ्यागुतो खुसी भएको जस्तो हाउभाउ बनाउनुलाई ‘ह्याप्पी फ्रग’ भनिन्छ । उमेर बढ्दै जाँदा अनुहारको आयतन घट्छ । यो पोजले झोल्लिएको गालालाई कसिलो पार्छ र भरिलो देखिन्छ ।

यो मुद्रामा तल्लो ओठ र माथिको ओठ जोडेर टम्म बनाएर मुस्कुराइन्छ । यो अभ्यास २० पटक दोहोर्‍याउने ।

चुम्बन र मुस्कान

यो अभ्यासमा केहीबेर मुस्कुराउने र केहीबेर चुम्बन गरेको जस्तो ओठ बनाउने गरिन्छ । यसले गालालाई चाउरी पर्न दिंदैन ।

विधि

-चोर औंला र माझी औैंलाले ओठको छेउमा लगेर राख्ने ।

-त्यसपछि मुख बन्द गरेर चुम्बन गरेको जस्तो आकार बनाउने अनि मुस्कान दिने ।

– चुम्बन आसनमा १० सेकेन्ड बस्ने र त्यसपछि १० सेकेन्ड जति मुस्कान दिइरहने ।

-त्यसपछि आराम मुद्रामा आउने ।

फिस फेस

यस मुद्राले अनुहारलाई चमक दिनुका साथै ओठलाई गुलाबी देखाउँछ । मांसपेशीको कार्य प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

विधि

-सबैभन्दा पहिला आँखा बन्द गर्ने ।

-माछाको जस्तो आकृति दिन आफ्नो ओठ र गालालाई भित्रतिर तानेर ३० सेकेण्डसम्म होल्ड गर्ने ।

-त्यसपछि ३० सेकेन्ड मुस्कुराउने ।

-यो योग दिनमा तीनदेखि पाँच पटक गर्ने ।

चिन लिफ्ट

धेरैमा डबल चिनको समस्याले सताएको हुन्छ । डबल चिनले गर्दा हाँस्दा र बोल्दा पनि नसुहाउने देखिन्छ । यस्तो समस्याको समाधानका लागि चिन लिफ्ट योगा हो । साथै, यसले बंगारा र घाँटीको मांसपेशीको कार्यप्रणाली सुधार्न पनि काम गर्छ ।

विधि

-आफ्नो टाउकोमाथि उठाउने र छततिर हेर्ने ।

– ओठमाथि पु¥याउने प्रयास गर्दै छतलाई चुम्बन गर्ने प्रयास गरेजस्तै अगाडि धकेल्ने । यसलाई केही सेकेण्ड गरिरहने ।

-बिस्तारै आफ्नो पहिलाको स्थितिमा फर्कने ।

-यो अनुहार योगाको प्रक्रिया तीनदेखि चार पटक दोहो¥याउने ।

माउथवास टेक्निक

माउथवास टेक्निक योगा एकदमै सजिलो र कुनै पनि समयमा गर्न सकिन्छ । माउथवास विधिले गालालाई टोन गर्नुका साथै अनुहारको अतिरिक्त बोसो हटाउन सहयोग पु¥याउँछ । यो योगा डबल चिनको समस्यामा पनि प्रभावकारी हुन्छ ।

विधि

-मुखमा पानीले कुल्ला गर्दा मुखमा पानी भरेको जस्तै आफ्नो गालालाई आफ्नो मुखमा हावाले भर्ने ।

जब थकाइ लाग्छ, केही समय आराम गर्ने ।

-यो प्रक्रिया दुई/तीन पटक दोहोर्‍याउने ।

आइ फोकस

यो आँखाको योगले आखीभौंलाई राम्रो र आकर्षक बनाउन मद्दत गर्छ ।

विधि

-आफ्नो आँखा सकेसम्म चौडा फैलाउने । यसो गर्दा आँखीभौं खुम्च्याउनु हुँदैन ।

-अब सकेसम्म टाढाको कुरा हेर्न ध्यान दिने ।

-बिस्तारै नजिकका चीजमा ध्यान दिने ।

-केही सेकेण्डको लागि यो प्रक्रिया दोहो¥याउने, केही सेकेण्ड आराम गर्ने ।