बीए.एलएलबी तेस्रो सेमेस्टारको फाइनल परिक्षा नजिकैदै थियो । तयारीको लागि कापी, कलम र लिट किन्ने योजनाका साथ साँझपख म आफ्नो कोठा औद्योगिक क्षेत्रदेखि क्याम्पसरोड तिर जाँदै थिए । सिम्ताली चोक नजिक अगाडिबाट मुस्कुराउँदै एकजना परिचित झैं लाग्ने । उमेर करिब यस्तै ३०/३५ बर्षकि देखिने युवतीले मेरो नजिकै आएर बोल्नुभयो । हेल्लो ! तपाई दिपु भाइ होइन ? मैले अलमलिदैं हो भने । तर मेरो जवाफमा र अनुहारमा नचिनेको संकेत पाएर होला । उहाँले आफै भन्नु भयो म सेतुमाया के । म अँझै अल्मल परेको थिए । उहाँले थप्दै भन्नु भयो म सुप्रिया क्षेत्री के । बल्ल मेरो दिमागमा याद आयो ३२ बर्षिय सुप्रिया । उहाँको वास्तविक नाम सेतुमाया क्षेत्री तर उहाँको फेसबुक आइडिको नाम भने सुप्रिया क्षेत्री । उहाँ विद्यार्थीकालदेखि राजनीति गर्दै आउनुभएको अहिले पार्टीको भातृसंगठन महिला संघको प्रदेश कमिटीको नेतृ, पार्टीको जिल्ला कमिटी सदस्य जो अविवाहित पनि हुनुहुन्छ । साथै मेरो लेखहरु पढेर प्रतिक्रिया दिने एक पाठक जोसंग फुर्सदमा कहिलेकाँही म्यासेन्जरमा दुई बर्ष यतादेखि अलिअलि कुराकानी पनि हुने गर्थ्यो ।
य, य, बल्ल चिने दिदि । यो हाम्रो पहिलो प्रत्यक्षभेट भएर होला सुरुमा ठम्याउन गाह्रो परेको हो । अप्ठेरो नमान्नु होला । उम्म, त्यहीँ भएर नै होला भाइ । मैले त तिमिलाई देख्नसाथ चिनेको त्यसैले बोलेको भाइसंग । हतार छैन भने यताकतै चिया पिएर बसौं । के छ बिजि त होईन नि ? मैले भने त्यस्तो बिजि त खासै छैन । अगाडी पुस्तक पसलसम्म मात्र जाने काम हो । समय नि छ । दिदिले भनेपछि नकार्ने कुरा पनि भएन । चिया खाएरै कुरा गरौं के छ र !
त्यसपछि हामी हाम्रो दायाँपट्टीको पुन्टे रेस्टुरेन्टमा पस्यौँ । सेतु दिदिले वेटरसंग दुइ कफ चिया मंगाउनु भयो । भाइलाई भोग लागेको छ कि ? के खाने अर्डर गर । मैले त भर्खरै बजारबाट नास्ता खाएर आएको हुँदा म नखाने भाइ भन्नुभयो । मैले नि कोठाबाटै नास्ता खाएर आएको थिए र नास्ता नखाने कुरा राखे । अनि अरु नयाँ नौलो पढाईलेखाइ, कलेज, बसाई यस्ता अनौपचारिक कुराले स्थान लिए कुरा भयो । त्यसैक्रममा उहाँले मलाई लेखनि कस्तो चलिरहेको छ ? भाइ भनि सोध्नुभयो । तिम्रो लेखहरु त म निरन्तर पढिरहन्छु । कहिले रमाइला, कहिले गम्भीर बिषयमा लेखिएका कति सरल र समसमायिक लाग्छ्न । यसरी नै लेख्दै जानु भन्नुभयो । मैले धन्यवाद दिदि भने । तपाईहरुको यस्तै हौसलाले लेख्न मन लाग्छ । अब नयाँ लेख्म्ला भनेको नयाँ बिषयबस्तुको खोजीमा नै छु भन्दै थिए । उहाँले नयाँ बिषय छ त भाइ अहिले चर्चामा आएको गाएक प्रकाश सपुतको सकम्बरि गित त्यसमा सक्छौ भने टिप्पणी लेख भन्नुभयो । अनि मैले भने सकम्बरि गित माथी थुप्रै समाजशास्त्री तथा नारि अधिकारकर्मीले टिप्पणी गर्नुभएको छ दिदि । तर सबैको नभएपनि कसैको यथार्थ घटना १५ मिनेटको भिडियोमा कैद गर्दा महिलालाई यौन खेलाउन ठान्ने कम्जोर पात्रको रूपमा उभ्याइयो भनेर बिरोध गर्ने अधिकारकर्मी दिदिबहिनिहरु हुनुहुन्छ । मैले पनि आफ्नो यथार्थ कुरा हजार, पन्ध्र सय शब्दमा टिप्पणी दिए भने सबै कुरा अटाउन नसक्दा मेरो लेख भन्दा बढी म पुरुष भएकै कारण विरोधित हुने सम्भावना धेरै हुन्छ । अनि पुरुष साथिभाइहरुले पनि नारीवादी ट्याग दिन हतार गरिहाल्छ्न । समर्थन र असमर्थनका दुबै पक्षीय बिचार छन म मा । तर मलाई विवादित बन्न मन छैन दिदि । त्यसैले लेख्न नखोजेको हो ।
म नारीलाई प्रकृति र पुरुषलाई प्रकृति प्रेमीको रूपमा मान्छु । लिंग फरक भएतापनि यौन आवश्यकता दुबैको लागि जरुरी पक्ष हो । यौन प्रकृतिको नियम हो । यो हरेक सजिवमा हुने गुण हो । यसमा हाम्रो समाजको संकुचित सोचले बन्द कोठामा यौन सम्पर्कको लागि महिलासंगै पुरुष पनि नाँगिएको हुन्छ । तर महिला मात्र नाँगिएको र महिलाको मात्र इज्जत जाने सोच राख्छ र प्रचार त्यसै अनरुप गर्छ । वनस्पतिले प्रजनन, जिव जनावरले यौन कार्य खुल्ला देखाएर गर्छ । त्यसैले उनीहरुमा कुनै लाज छैन । हामी त्यसलाई प्राकृतिक चक्रको रूपमा स्विकारछौँ । तर हामी मानव चेतनशील प्राणी हौँ । सुरक्षीत र गोप्य यौन सम्बन्ध राख्न चाहान्छौ । तर गोप्यनियता कतैबाट भंगभयो भने आफुले लाजको टालो ओढेर अरुको लाज हराएको हुइया चलाउँछौं । अझ बेसि महिलाको लाजको र इज्जतको कुरा समाजमा चर्को रूपमा गर्छौ ।
हो नि । भाइ, दिउँसो नारीवादी बनेर चर्किने सबै त होइन तर कतिपय तिनै महिला दिदिबहिनिहरु बेलुका कयौं परपुरुषसंग ओछ्यानमा नाँगिएर कमल भइ सुतेका हुन्छन । यथार्थ कथा माथी, यर्थाथ टिप्पणी दिनलाई तिमि जतिको लेख्ने मान्छे हचकिनु हुन्न । सहरमा पुरुषसंग सुतेर मात्रै उठेका नारी छन् भन्न खोजेको होइन । म पनि एक महिला हुँ । तर पुरुषसंग सुतेर उठेका र अगाडी बढेका नारी नभएका होइनन् । तिनमा कसैमा यौवनको यौन रसको तृप्ताले होला भने अधिकांश आफु बन्ने र समाजमा स्थापित हुनचाहाने, जिविका चलाउने बाध्यता र विवशताले मनलाई पत्थर बनाइ अरुसंग तन सुम्पिरहेका हुन्छन् । यसलाई आर्थिक रूपमा सम्पन्नशालि महिलाले स्वीकार नगर्लान, पारिवारिक पृष्ठभुमि बलियो भएर उभिएकाहरुले नमान्न सक्छन् तर न धन, न आफ्नो कोही नभएकाहरु जो केही हुन र बन्न सहरमा पसेका छन् । तिनिहरु कतै न कतै कुनै परिस्थितिमा कयौं महिलामध्य केही महिला जो पुरुष संग सुत्नुपर्ने चुनौतीको मुकाबिला गर्नेगरेका छन् । सुतेर बनेकाहरु समाजमा म हलानो पुरुषसंग सुतेकै कारण स्थापित भएको हुँ भनेर भन्न पो सक्दैनन । तर घटना यतैकतै गुमनाम छन् । कोही न कोही महिला यौन प्यासी पुरुषको बल्छिमा दिनहुुँ परेकाछन् । फेरि महिलाले पनि पुरुषलाई यही अस्त्रद्वारा जालमा नपारेका पनि होइनन् । यीनि कथाहरू पनि गुमनाम छन् । यस्ता लुकेका कथा र कहानीहरु थुप्रै छ्न भाइ । सक्छौ भने तिमिले तिनि कथालाई लेख भन्नुभयो ।
मैले भने, कहाँछ्न तिनि कथा र पात्र दिदि ? म त काल्पनिक लेख्न सक्दिनँ तर कसैका अनुभवका कथा छन् भने त म लेख्न सक्छु । तयार छु । उहाँले भन्नुभयो भाइ पात्र तिम्रै वरिपरी छन् । म भित्रैपनि छन् कयौं म जस्तै भित्र छन् । कथाहरु पोख्ने पो ठाउँ छैन । सुन्ने पो मान्छे छैन । त्यसैले गुमनाम छन् । मैले उहाँलाइ भने आज म तपाईको स्रोता भएर सुन्छु । पोख्नु दिदि तपाईका कथाहरू म हजुरको कथामा भिजेर हजुरको भावनाको मसिले लेख्ने प्रयास गर्छु ।
तिमिलाई ढिला होला नि भाइ । हुँदैन दिदि, म यस्तै समयको त पर्खाइमा हुन्छु नि । एउटा कथा खोज्न कयौं भौतारी रहेको हुन्छु तर आज कथा र पात्र मलाई खोज्दै आउँदा मलाई समय नमिल्ने कुरा हुँदैन । यतिन्जेल पहिले अर्डर गरेको चिया आएर पनि पिएर सकिसकेका थियौं । फेरि हामीले दुइ कप कालो चिया मगायौ । त्यसपछि दिदिले सुरु गर्नुभयो आफ्नो कुरा, म कक्षा १२ पास भएपछी गाउँबाट बिरेन्द्रनगर सुर्खेत आए । म सुर्खेत आउँदा अलि ढिला भैसकेको थियोे । क्याम्पसको भर्ना गर्ने समय सकिसकेको रहेछ । तर रजिस्टेशन फर्म भर्ने सूचना खुलेको रहेछ । म अन्यौलमा थिए । के गर्ने कसलाई भन्ने । म र बुबा क्याम्पसमा बुझेर फर्कदै थियौं । गेट निर एकजना गाउँको चिनेको हरि दाइ भेटिनु भयो । उहाँले सोधपुछ गरेपछि हाम्रो समस्या उहाँले स्ववियु सचिवलाइ भनौंला तिमिपनि उहाँको नम्बर लिएर कुरा गर भन्नुभयो । स्ववियु सचिवलाई फोन गरे । भोली बिहान कलेज आउनु भन्नुभयो । र कलेज गएर भेटे । उहाँले प्रशासनसंग कुरा गर्नुभयो । कागजात माग्नुभयो मैले दिए । मेरो क्याम्पसमा भर्ना भयो । मेरो रजिष्टेसन फर्म पनि उहाँले नै भरिदिनुभयो मैले फोटा दिए । म ब्याचलर पढन थाले ।
कलेजमा कहिले आन्दोलन हुने, कहिले नेताहरू कक्षामा आउने संगठनको कमिटी गठन गर्ने यस्तै गर्थे । एकदिन स्ववियु सचीव दाइहरुको समुहले पनि हाम्रो कक्षामा आएर कमिटी गठन गरे । म बोल्न चाँहि त्यति कडा त बोल्दैन्थे तर बोल्न नडराउने हुँदा होला मलाई कक्षा कमिटीको सचीव राख्नुभएछ । त्यसपछि संगठनका बैठकमा बोलाउन थाले उपस्थिति हुन्थे । संगठनमा आबद्ध सबैसंग परिचय भयो । बोल्ने देखी सांगठनिक गतिविधि, नेता जानपहिचान, क्याम्पसमा विद्यार्थीसंग चिन्जान राम्रो हुँदै गयो । बि.एड तेर्सो बर्षमा पढदै थिए । क्याम्पस कमिटी गठन हुने कुरा आयो उपाध्यक्षको लागि उम्मेदवारी दिए । सर्वसहमत रूपमा क्याम्पस कमिटीको उपाध्यक्ष चुनिए । म मा राजिनितिप्रतिको आकर्षण र जोश बढदै गयो । त्यसै बर्षको फागुनतिर स्ववियु निर्वाचन हुने भयोे । म कोषाध्यक्षको उम्मेदवार हुने कुरा सबैतिरबाट आयो । तर टिकट वितरण उम्मेदवार मनोयनको दुई दिन अगाडि हुँदै थियोे । कोषाध्यक्षमा तीन जनाको नाम संगठनको बैठकमा सिफारीस भएछ्न् । राती अबेरसम्म सबैलाई उपस्तिथित गराएर छलफल चल्यो टुंगो लागेन । प्रत्येक्ष तर्फका सदस्य सबैको नाम टुँगो लाग्यो तर केहि गर्दापनि सभापति, सचीव र कोषाध्यक्षको नाम टुँगो लागेन । जिल्ला पार्टी र संगठन इन्चार्जले टुंगो लगाउनुपर्ने थियोे । सायद गुट मिलाउनुपर्ने थियो स्ववियु टिममा । राति नौ बजिसकेको थियोे । बैठक सकियो निर्णय आएन । रुममा जानुपर्ने भयो । अनि संगठनको केन्द्रिय सदस्य एकजना दाइले मसंग साधन छ तिम्रो कोठा कहाँ निर छ पुर्याइदिन्छु भन्नुभयो । मेरो रुम मोडेल कलेज पछाडि पट्टी निर थियोे । मलाई अबेर भएको कारण हिँडेर जान अप्ठेरो हुँदा उहाँसंग बाइकमा जादाँ समस्या नहुने सोचेर हस भने ।
उहाँसंग बजारबाट बाइकमा बसेर क्याम्पस रोडनिर आएको थिए । उहाँले बिचमा सोध्नुभयो खाना खायौं ? मैले नाइ छैन भने त्यसोभए म होटलमा बसेको छु खाना खाएर त्यहाँबाटै जालेउ अहिले गएर पकाउन झ्याउ हुन्छ होला । स्ववियु चुनावको लागि सरसल्लाह पनि गर्नुछ एकछिन बसेर कुरा गरौंला भन्नुभयो । उहाँको कुरा पनि ठिकै हो लाग्यो । म मा राजनीतिको नसा बढदो थियो । मैले टिकट लिएर चुनाव लडनुपर्छ भन्ने सोचाइ मात्र थियोे त्यो उमेरमा । हामी उहाँ बस्ने सुर्खेत बसपार्क नजिकको लक्ष्मि होटलमा गयौं । खाना खायौं । सांगठनिक र चुनावी रणनीतिबारे छलफल गर्यौ । त्यतिन्जेल रातीको १० बजेर ३५ मिनेट गइसकेको थियो । उहाँलाई मेरो रुममा पुर्याइदिन भने उहाँले मोटरसाइकल स्टार्ट गर्नुभयो तेल सकिएको कुरा गर्नुभयो । अब के गर्ने । म अप्ठेरोमा परे । खाना बनाउन झ्याउ मानेर बेकारमा यो मान्छेसंग आएछु भन्ने मनमा लाग्यो । अब कसरी जानु भन्ने लाग्यो । उहाँ दाइले यतै बस अर्को रुम खालि छ कि होटलमा बुझ्छु भन्नुभयो । होटलमा बुझिउ अरु कुनै रुम खाली थिएन । उहाँले भन्नुभयो यतै बस मेरो रुममा दुइटा बेडछ । सबै सुत्नेबेला भैसक्यो यस्तो रातमा कहाँ जाने कुरा गर्छेउ । मैले भने अलि जिद्दी गरे, म आफ्नो कोठामा जान्छु । २५ देखि ३० मिनेट लाग्छ यहाँबाट हिँडेर बरु मलाई पुर्याइदिनु भने । उहाँले हस भन्नुभयो सायद त्यतिबेला मेरो समस्या बुझ्नुभयो भन्ने लाग्यो । हामी राती एघार बजे मेरो रुममा आयौं ।
म घरको तल्लो तलामा रुममा एक्लै बस्थे । घरबेटीहरु माथिल्लो तलामा बस्नुहुन्थ्यो । मलाई आवतजावतमा कुनै समस्या थिएन । कोलियाको ढोका थिएन । बाथरुम र ट्वाइलेट बाहिर नै थियोे । अगाडि मात्र गेट ढोका थियोे तर गेटमा ताला लगाउँदैन्थे । म गेट ढोका खोलेर भित्र पसे । मलाई कोठामा पुर्याइदिनु भएकोकोमा धन्यवाद छ भन्दै बाइ भने । तर उहाँले पानी तिर्खा लाग्या छ पानी पनि नदिने बिचार छ क्या भन्नुभयो । मैले आफ्नो कोठाको ढोका खोलेर भित्र बोलाए । गिलासमा पानी दिए पानी पिउनुभयो । प्यास त मेटिएन हो पानीले भनेर भनेपछि अनि मैले के ले मेटिन्छ त प्यास भने ? उहाँले तिम्रो जवानीको रसले भन्दै । ढोका धकेलेर चुट्किल लगाउनुभयो । पछाडिबाट मेरो कम्मरमा हातको स्पर्श लिएर मुखमा चुम्बन गरेपछि म यौवनको रसमा पग्लिएर बेडमा पल्टिएछु । हामी एक अर्काले एकर्काको यौवनको स्पर्श गरेछौँ । मलाई उसले अनि मैले उसलाई नंगाएर हामी यौनको चरम दुनियाँमा पुगेछौं । म गहिरो निन्द्रामा परेछु ।
जब बिहान निन्द्राबाट बिउँझिएकि थिए । आफैले आफैलाई नग्न देखेको थिए । उसले कतिबेला मलाई यो अवस्थामा छोडेर गएछ पत्तो पाएन । बालपनमा दुनियाँले नाँगो देख्दा नलागेको लाज, बाथरुममा नांगो भएर नुहाउदा नलागेको लाज आज आफैले आफैलाई नाँगो देख्दा बेसरी लाग्यो । लाजलाई ढाक्न तुरुन्तै कपडा लगाए । मलाई त्यतिबेला लाग्यो मान्छेको इज्जत चेतनाले भन्दा बढी कपडाले ढाक्दोरहेछ । जब मान्छे नाँगो भएर समाजमा हिँडछ हामी उसलाई पागल ठान्छौँ । किनकि पागलले खान भुलेको हुन्न जे पनि खान खोज्छ तर लगाउने कुरा भुलेको हुन्छ । नाँगै पनि हिँडदिनसक्छ । म पनि उसको यौन स्पर्शको पागलपनमा अचेत भएर रमाएछु । आफ्नो यौवन रसलाई समाल्न नसकेको चेतलाई धिकार्दै बिहान भरी खुब रोए । त्यो रुवाइ कुमारीत्त्व तोडिएको पीडाको पनि थियोे अनि आफ्नो चेतको पश्चात्पको रुवाई नि थियोे ।
अनि दिउँसो २ बजेतिर उसैको नम्बरबाट मोबाइलमा म्यासेज आयो तिमिलाइ संगठनको तर्फबाट क्याम्पसको स्ववियु कोषाध्यक्ष पदमा उम्मेदवार बनाएको छौँ । हार्दिक बधाई तथा विजयको शुभकामना । मलाई त्यतिबेला के बोध भयो भने हजारौं असहमति जनाउने पुरुषहरु एउटा यौनको प्यास र भोग मेटाउन र साट्न पाए भने क्षणभरमै सहमती र समर्थनको पक्षमा लाम्बद हुँदारहेछन । चुनाव जितियो तर उसंगको सम्बन्धको कारण मलाई भोग र प्यासको लत बस्न थाल्यो अर्थात प्रेममा परियो । तर पछिल्लो समय उ म देखि बिनाकारण कहिल्यै नजिक नहुने गरी हरायो । सायद क्याम्पसमा नयाँ नेतृहरु आइसकेका थिएहोला ।
सेतु दिदि एकहोरो बोल्दै हुनुहुन्थ्यो । म ध्यान दिएर सुनिरहेको थिए । उहाँलाई कसैको फोन आउँछ । सायद नाम पनि सेभ नै थियोे तर उहाँ फोन नउठाएर मोबाइल साइलेन्टमा राख्नुहुन्छ । फोनको कारण उहाँको कुराको निरन्तरता भंग भएको थियो । उहाँले कथालाइ धेरै माथि उछिन्नु भयो । थुप्रै घटना स्किप गरेरै सायद अगाडी बढनुभयो । उहाँले भन्नुभयो मैले यती सुनाउँदा लाग्न सक्छ तिमिलाई २०७९ को स्थानीय चुनावमा मैले पाएको गा.पा उपाध्यक्षको टिकट कसरी थियोे ? त्यो तिमि पुरुष जातिको शंकाको प्रश्न हुनसक्छ तर भित्रको रहस्य स्ववियु जस्तो थिएन । म पार्टी र संगठनमा लागेको र त्यो समाजको शिक्षित मान्छे जो अरु महिला भन्दा टाँठोबाटो भएकै कारणले राजनीतिक क्षमताले, पार्टीको बिश्वासले टिकट पाएको थिए । तर हार्नुको कारण चाँही कयौं बोका गनाउने बुवा÷काका, सरहका मैले नेता मान्ने पात्रहरुको पुरुष चरीत्र थियो । अर्थात सुत्न बोलाउने नेतासंग नसुतेको कारण नै थियो भाइ ।
अनि दिदि !! डिग्री पढदै छु भन्नु हुन्थ्यो भ्याउनुभयो त ? भ्याए नि भाइ बिश्वबिद्यालयबाट हो । बरु कसरी भ्याउनु भयो भन्ने प्रश्न सायद तिम्रो गौण प्रश्न हुनसक्छ । मैले भने त्यो पनि होला दिदि । तर त्यहीँ प्रश्न चाँहि होइन । लेखकले रहस्य थाहा पाउनु पर्यो सामान्य सूचनाले त पुग्दैन नि त दिदि भनेर हाँस्दै बोले । ‘कसरी भनौं भाई इन्टरनल नम्बर पाउन, मिड टर्म परिक्षामा पास हुनलाई मैले मेरो यौवनमाथी आँखा लगाएर शरीर छुनेहरुलाई सहेरै बसे र पढे । मैले आफुलाई जुन रूपमा शिक्षित भनेर शैक्षिक प्रमाणपत्र ग्रहण गरेको छु । यो आज मेरो यौवन फुलबाट प्राप्त फल हो झै लाग्छ’ । मैले लेखेको थेसिस लाग्छ त्यती कमजोर र त्रुटिपूर्ण थिएन । तर ६ चोटी रिजेक्ट भएको थियोे । सातौ पटक चेक गर्नुपर्ने हुँदा सरको घरमा पुगेको थिए । म्याम पनि माइत गएको र छोराछोरीपनि स्कुल पढन गएको संयोग हुँदा घरमा बोलाउनु भएको रहेछ । उहाँको घरमा पुगेर बस्दा उहाँले मेरा शरीरका अंगहरुमा हातले स्पर्श गरेर यौन उत्तेजना बढाउँदा म उहाँसंग कुनबेला उहाँको बिस्तारमा चरम आनन्दमा बिलिप भएछु पत्तै पाएन । सायद उहाँको ६ पटकसम्म्को रिजेक्ट यसै नियतको निम्ति थियोे ।
बरु मेरो यौवन र यौनको मुल्य छ, जसले गर्दा थेसिसि स्विकृति भएको थियोे तर मैले बुझाएको थेसिस र मेरो डिग्री प्रमाणपत्रको मुल्य छैन । जसका कारण शिक्षित भएरपनि बेरोजगार भएको छु । म जस्ता कयौं बेरोजगारहरु आज बिदेशिएका छन तिनको पनि श्रम र शरीरको मुल्य छ, तर बिश्वबिद्यालयबाट पाएको डिग्रीको कुनै मुल्य देखेको छैन । भाइ !
चर्को नारीवादी, अधिकारकर्मी, राजनीतिकर्मी, समाजशास्त्रीय विज्ञहरुलाई यो सत्य कुरा नपचला तर केही अनुपातमा रहेका अभियान्ताको विज्ञताका डकुमेन्ट कसरी आएका छन् । तिनको यौवन स्पर्श लिने गुमनाम पात्रहरुलाई थाहाँ छ । यदी कुनै यन्त्र र प्रविधिले पत्ता लगाउँथ्यो भने कतिपयको थेसिसमा बोकाको गन्ध रहेको कुरा प्रामाणित हुन्थ्यो होला । त्यस्ता चरीत्रका उपप्रध्यापक, स–प्रध्यापक भएका लोग्ने मान्छेलाई यौवन चखाएर अधिकारकर्मी, अभियान्ता बनेको कुरा नाँगियो भने तिम्रो कथाको म सुप्रिया पात्रको कारण तिम्रो बौद्धिकतामाथी प्रश्न खडा गर्न सक्छन् । तर मुख्य कुरा यौवनको रस चाखेर थेसिस चेक गर्ने लोग्ने मान्छेहरुले तिम्रो कथा पढेर आफुलाई पक्कै सच्याउने छन् । यसलाई नै तिमिले सकारात्मक उपलब्धि लिनु ।
त्यतिन्जेल पटकपटक फोन आउँदा सेतुमाया दिदिको मोबाइलको डिस्पेले बलेको देखिन्छ । सायद त्यो चौथोपटकको फोन हुँदो हो । सात बजिसकेको थियो । सेतु दिदिले फोन उठाउनु भयो । त्यो फोन प्रदेश सरकारका एकजना मन्त्रीको रहेछ । सुप्रिया दिदिलाई बेलुकाको डिनरको निम्ति मन्त्री क्वाटरमा बोलाइएको रहेछ । जनताले कयौं फोन गर्दा नउठाउने मन्त्रीले सुप्रिया दिदिलाई बारबार फोन गरिरहेको देख्दा म चकित नै परे । उहाँ हतारमा रहेझैं भन्नुभयो प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷८१ को बजेट तयारी हुँदैछ । मैले गाउँमा खानेपानी र सिचाईको योजना पार्नुछ । हामी बिरोजगारले यस्तै योजनाले खर्च निकाल्ने हो । त्यसैले मन्त्रीलाई भेटनु छ । दिउँसो भेट्ने समय मागेको मन्त्रीज्युसंग अहिले दिनुभयो भाई । अब म निस्कनुपर्छ ।
मैले भने यो रातमा तपाई मन्त्रीको क्वाटरमा जानुभयो र कुनै पत्रकारले देखे भने “राति मन्त्री क्वाटरमा सुप्रिया“ भन्ने समाचार आउँनसक्छ दिदि । भोलीतिर भेट्दापनि त भयो ? होइन बाबु बिहानै गाउँ जानु छ । वडाको बजेटको निम्ति छ्लफल चलिरहेको छ । टोलस्तरबाट बजेट तर्जुमा हुँदैछ गाउँतिर । म निस्कनुनै पर्छ बाँकी मेरो कथा तथा अनुभव अर्को भेटमा सुर्खेत आएको बेला गरौंला । भन्दै सेतुमाया दिदिले अगाडि उठेर रेस्टुरेन्टको काउन्टरमा बिल तिर्नुभयो । अनि झिसमिसे रातमा चोकबाट अटो चढेर मन्त्री क्वाटर तिर लाग्नुभयो । म भने बाटोभरि आज मन्त्री क्वाटरमा घटन सक्ने सेतुमाया दिदिको कथाको स्मरण गर्दै आफ्नो कोठा तिर फर्किए । जब राजनीति भित्र फस्टाएको फोहोरी (सेक्स) कल्चरले म झस्किए । तब पो निन्द्राबाट ब्युँझेछु त !
गुराँस गा.पा–७ दैलेखका, लेखक : दिपेन्द्र कुमार बि.सी (दिपु) हाल मध्यपश्चिम विश्वबिद्यालयमा ‘स्कुल अफ ल’ BALLB मा अध्ययनरत छन् । (यो लेख रारापत्र साप्ताहिकमा प्रकाशन भएको छ )