जाजरकोट – पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।
उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।