समाजवादी मोर्चा बनाउन ५ दल तयार, माओवादी घटकबीच एकताकै तयारी

मोहन वैद्यलाई पनि मनाउने प्रयास जारी

काठमाडौँ – पूर्वमाओवादी घटकबीच एकतै गर्ने योजनासहित केही दल समेटेर समाजवादी मोर्चा बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको यसको तयारीमा लागेका नेताहरूले बताएका छन्।

गत फागुनमै गरिएको उक्त प्रयास त्यसबेला सफल नभएपछि अहिले उपयुक्त अवसर पारेर पुनस् अघि बढाइएको हो। सकभर असार मसान्तभित्रै मोर्चा घोषणा गर्ने तयारी छ।

तर यसका लागि असारमै बस्ने तय भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गर्ने निर्णयको प्रतीक्षामा छन्( नेताहरू।

यो सामग्री तयार पार्दासम्म समाजवादी मोर्चा बनाउन नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी तयार भइसकेका छन्।

‘समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा हामी पुगेका छौँ’, नेसपाका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादवले भने, ‘सुरुमा ५र६ वटा दल समेटिन्छन्।’

‘शान्ति प्रक्रियाका कतिपय मुद्दा टुंगिन बाँकी छन्, त्यही भएर हामी समाजवादी मोर्चा बनाउने निष्कर्षमा पुगेका हौँ, देशको समस्या समाधान गर्न चाहने शक्तिहरू एकै ठाउँमा उभिएपछि एउटा निचोडमा पुगिन्छ भन्ने बुझाइ हो।’

उनका अनुसार यस क्रममा केही पूर्वमाओवादी घटकबीच त एकता नै गर्ने तयारी छ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजन भएर अहिले ७र८ वटा दल बनेका छन्।

तिनै घटकबीच एकतासम्म पुग्न गृहकार्य भइरहेको उनको भनाइ छ।

पार्टी एकता र मोर्चा निर्माणमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी ९क्रान्तिकारी० भने तयार भइसकेको छैन। उसलाई समेत समेट्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

पूर्वमाओवादीबीच एकतासहित समाजवादी मोर्चा निर्माणका लागि नेकपा माओवादी केन्द्रबाट प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ , नेपाल समाजवादी पार्टी ९नेसपा० बाट अध्यक्ष डा। बाबुराम भट्टराई र सहअध्यक्ष गंगानारायण श्रेष्ठ वार्तामा छन्।

तर निर्णयमा पुग्न माओवादी केन्द्रको केन्द्रीय समितिले गर्ने निर्णय कुरेको यादवले जानकारी दिए।

‘माओवादी केन्द्रको बैठकको निर्णय हेरेर एकताको प्रक्रिया अघि बढ्छ’, उनले भने।

एकता नभए पनि ५र६ दलको मोर्चा बनाएर असार मसान्तभित्र घोषणा गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्माका अनुसार विचार, कार्यदिशामा एक हुनेहरूबीच एकता गर्ने र अन्य कम्युनिस्ट घटकलाई मोर्चामा समेट्न महासचिव विप्लव क्रियाशील छन्।

उनले दलका नेतासँग संवाद गरिरहेका छन्। यसको ब्रिफिङ विप्लवले पार्टीको आन्तरिक बैठकमा पनि गरिसकेका छन्।

‘यथाशक्य छिटो फाइनल गरेर समाजवादी मोर्चा बनाउने समझदारी जुटेको छ’, प्रवक्ता विश्वकर्माले भने, ‘जति छिटो बनायो, त्यति राम्रो भन्ने निष्कर्ष निकालेका छौँ।’

राष्ट्रियता जोगाउन देशभक्त, प्रगतिशील शक्ति एक ठाउँमा उभिएको उनको भनाइ छ।

‘माधवजी, उपेन्द्रजी पनि सकारात्मक भएरै मोर्चा निर्माण अघि बढेको हो’, विश्वकर्माले थपे, ‘देशको स्थिति र आवश्यकताले पनि हामीलाई एकै ठाउँमा ल्याउन मद्दत गर्‍यो।’

उनले यसलाई अग्रगामी र क्रान्तिकारीबीचको ध्रुवीकरणको प्रयास भनेर अर्थ्याए।

मुलुकको पछिल्लो जटिलता र संकटग्रस्त अवस्थाले आफूहरूलाई एकै ठाउँमा ल्याएको उनको तर्क छ।

समाजवादी मोर्चा बनाउन लागेको विषयमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले हालै चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसमक्ष पनि ब्रिफिङ गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा यही जेठ ५ गते पार्टीको टोलीसहित चीन भ्रमणमा गएका उनी जेठ १७ गते स्वदेश फर्किएका थिए।

भेटवार्ताका क्रममा चिनियाँ नेताहरूले वाम एकताप्रति चासो राख्दा उपाध्यक्ष सापकोटाले समाजवादी मोर्चा हुँदै कम्युनिस्टबीच एकतासम्म पुग्ने प्रयास भइरहेको सुनाएका थिए।

पार्टी एकताका लागि विप्लव र डा। बाबुराम भट्टराई तयार त छन् तर माओवादी केन्द्रको भूमिका हेरेर मात्र अघि बढ्नुपर्ने उनीहरुको तर्क छ। किनकि कार्यदिशा प्रस्ट नभई एकता गर्दा पछि समस्या आउने उनीहरूको विश्लेषण छ।

‘पूर्वमाओवादी केही घटकबीच एकता गर्ने हो तर, वैचारिक र राजनीतिक दृष्टिकोण मिलाउन अझै छलफल आवश्यक छ’, प्रवक्ता विश्वकर्माले भने, ‘त्यही भएर एकतासम्म पुग्न समय लिन्छ।’

‘एकता गर्नुपर्छ भन्ने बोध सबैलाई भएको छ, यो वस्तुगत आवश्यकता पनि हो, तर अझै बहस नभई गर्नुहुँदैन।’

नेसपाका एक नेताले माओवादी केन्द्रसँग एकता गर्नेगरी आफूहरूले तयार पारेको दस्तावेजको जवाफ नै नआएको गुनासो गरे।

‘एकताकै लागि तीन महिनाअघि नै १९ पृष्ठको दस्तावेज प्रचण्डलाई बुझाएका थियौँ’, ती नेताले भने, ‘पढेर उत्तर दिन्छु भन्नुभएको थियो, तर अहिलेसम्म (जवाफ) आएन।’

समाजवादी मोर्चा किन ?

प्रधानमन्त्री भएपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले फागनु २७ गते समाजवादी मोर्चा र शक्तिशाली कम्युनिस्ट शक्ति बनाउने घोषणा गरे।

त्यस क्रममा उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।’

एमालेसहित ७ दलको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले एमाले र राप्रपा सरकारबाट बाहिरिएको ९एमाले २०७९ फागुन १५ मा सरकारबाट हटेको थियो० १२ दिनपछि सो धारणा राखेका थिए।

त्यसो त उनले २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा भंग गराउँदै एमाले र माओवादी केन्द्र ब्युँताएकै बेला समाजवादी मोर्चा बनाउन खोजेका थिए तर सफल भएनन्।

यसपछि उनले गत वैशाख ३० मा भएको स्थानीय चुनाव पनि केही कम्युनिस्ट पार्टीसँग मिलेर लड्न चाहे, त्यो पनि सफल भएन।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी नेपाली कांग्रेस, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपासँग कार्यगत एकता गर्न त सफल भए तर फेरि पनि कम्युनिस्ट मोर्चा बनाउन सकेनन्।

तर जब एकाएक शान्ति प्रक्रियासँग सम्बन्धित केही मुद्दा अगाडि बढ्ने संकेत देखियो, तब माओवादी घटकहरू एकै ठाउँमा उभिए। सोही मौका पारेर समाजवादी मोर्चा निर्माणको पहल पुनस् अघि बढाइएको हो।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनको राजनीतिक परिदृश्य हेरेर कम्युनिस्ट घटकलाई एकै ठाउँमा उभ्याउन चाहेको देखिन्छ।

प्रतिनिधिसभामा अहिले माओवादी केन्द्रका ३२, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन्। जुन संख्या एक हुँदा कुनै पनि बेला सरकार निर्माणका लागि निर्णायक बन्न सक्छ। – nepalkhabar