एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

काठमाडौं – एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको छ ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका सात जना कर्मचारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको जनाएको छ ।

पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकािलएको देखिएको छ । बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए ।

पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।