सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कर्णालीमा संक्रमितको जम्मा संख्या २ हजार ६९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या २३ रहेको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । यससँगै कोरोनाबाट निको हुनेहरुको जम्मा संख्या २ हजार ३४० पुगेको छ ।
कर्णाली प्रदेशमा सक्रिय विरामीको संख्या ३४५ रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।