कर्णालीमा बाढीपहिरोबाट ४७ जनाको मृत्यु, १३ बेपत्ता, ४५ घाइते

सुर्खेत– कहिले बाढी, कहिले पहिरो त कहिले भूक्ष्य तथा आगलागीका कारण कर्णालीमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । यस आर्थिक वर्ष साउन यता भदौ दश गते (दुई महिना नपुग्दै)  कर्णालीमा दैवी प्रकोपबाट ४७ जनाले ज्यान गुमाए भने ४५ जना घाइते भएका छन् । साथै १३ जना बेपत्ता भएका छन् ।
आर्थिक वर्ष २०७७ को साउनयता मात्र बाढी पहिरोबाट ४७ जनाको मृत्यु भएको हो । ४५ जना घाइते हुनुका साथै १३ जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।यसका साथै ४४२ पशुचौपायाको ज्यान  गएकाे छ ।
२३४ घर र ३९ वटा अन्य संरचनामा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानाएको छ । त्यस्तै पाँच करोड ९ लाख ६० हजार चार सय ८४ रूपैयाँ बराबरको धनमालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसका साथै आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशमा प्राकृतिक विपतका कारण ४४ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । यसैगरी ६ सय ४८ पशुचौपायाको ज्यान गएकाे छ। २ अर्ब ५७ करोड ११ लाख ९१ हजार ३ सय ३७ रकम बराबरको धनमालमा क्षति भएको प्रहरीको तथ्यांक छ ।

यसैगरी २०७६/ ७७ मा बाढी र पहिरोको कारण सबैभन्दा बढी जाजरकोटमा मानवीय क्षति भएको तथ्यांकले देखाएको छ । १६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । चार जना बेपत्ता भएको तथ्याकंमा उल्लेख गरिएको छ । जाजरकोटमा २२१ पशुचौपायाको ज्यान गएको प्रहरीको भनाइ छ । यसका साथै आठ करोड ५२ लाख ५६ हजार नौ सय ३६ बराबरको धनमाल क्षतिभएको प्रहरीको तथ्यांक छ ।

त्यस्तै रुकुम पश्चिममा प्राकृतिक विपतबाट ९ जनाको मृत्यु १२ जना घाइते १० पशुचौपायाको ज्यान गएको छ । चार करोड १९ लाख २४ हजार रकम बराबरको धनमालमा क्षति भएको तथ्यांकमा उल्लेख छ । यसैगरी विपतका कारण सुर्खेतमा ४ जनाको मृत्यु, ४ जना घाइते,४ पशुचौैपायाको ज्यान जानुका साथै एक अर्ब ४२ करोड ९३ लाख ४ हजार ६ सय रकम बराबर धनमालमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

त्यस्तै दैलेखमा तीन जनाको मृत्यु १ जना घाइते ९ पशुचौैपायाको मृत्यु, ४१ लाख ६८ हजार सात सय ५ रकमको धनमालमा क्षति पुगेको छ । कालीकोटमा २ जनाको मृत्यु, ८ जना घाइते, ९६ पशुचौैपायाको ज्यान जानुका साथै ९१ लख ८९ हजार सात सय बराबरको रकम क्षति भएको छ ।
यसका साथै जुम्लामा एक जना घाइते, २५२ पशुचौपायाको ज्यान गएको छ भने ४८ करोड ८९ लाख १७ हजार ७० रकम क्षति भएको तथ्यांक छ ।

डोल्पामा विपतका कारण पाँच जनाको मुत्यु, १ जना घाइते एक करोड ४५ लाख ४० हजार पाँच सय २६ रकम क्षति भएको प्रहरीले जनाएको छ । मुगुमा कुनै मानवीय क्षति तथा पशुचौपायामा क्षति नभएता पनि ८९ करोड ८३ लाख ५३ हजार नौ सय रकम बराबर क्षति भएको छ । यसैगरी हुम्लामा दुई जनाको मृत्यु भएको छ भने सात पशुचौपायाको ज्यान जानुका साथै ३४ करोड ५९ लाख पाँच हजार दुई सय रकम क्षति भएको छ । यसका साथै कालिकोटमा दुई जनाको मृत्यु, ८ जना घाइते, ९६ पशुचौपायाको ज्यान गएको छ भने ९१ लख ८९ हजार ७ सय रकम क्षति भएको छ।

यसका साथै आर्थिक वर्ष २०७५/ ७६ मा कर्णाली प्रदेशमा प्राकृतिक विपतका कारण एक सय एक जनाको मृत्यु भएको छ भने दुई सय पाँच जना घाइते भएका छन् । यसैगरी दुई हजार ६ सय ४० पशुचौपायाको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाँच अर्ब ११ करोड ८५ लाख चार हजार ६ सय २० रकम बराबरको धनमालमा क्षति भएको प्रहरीको तथ्यांक छ ।

यसैगरी २०७५/ ७६मा बाढी र पहिरोको कारणसबैभन्दा बढी सुर्खेतमा मानवीय क्षति भएको तथ्यांकले देखाएको छ । ६० जनाको मृत्यु भएको छ भने एक सय ५३ जना घाइते भएका छन् । दुई हजार तीन सय ८६ पशुचौपायाको ज्यान गएको प्रहरीको भनाइ छ । यसका साथै आठ करोड ८९ लाख ३७ हजार आठसय ३० बराबरको धनमाल क्षतिभएकोप्रहरीको तथ्यांक छ । त्यस्तै दैलेखमा प्राकृतिक विपतबाट दुई जनाको मृत्यु ११ जना घाइते ५९ पशुचौपायाको ज्यान गएको छ । २१ करोड १० लाख १२ हजार दुई सय ३० रकम बराबरको धनमालमा क्षति भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी विपतका कारण जाजरकोटमा २० जनाको मृत्यु, ११ जना घाइते,५४ पशुचौैपायाको ज्यान जानुका साथै चार लाख ३९ हजार नौ सय ७० रकम बराबर धनमालमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। त्यस्तै सल्यानमा नौ जना घाइते चार पशुचौैपायाको मृत्यु,दुई करोड ९७ लाख ११ हजार सात सय रकमको धनमालमा क्षति पुगेको छ । रुकुम पश्मिमा ११ जनाको मृत्यु,नौ जना घाइते, १४ पशुचौैपायाको ज्यान जानुका साथै ५३ करोड १५ लाख सात हजार चार सय ९५ बराबरको रकम क्षति भएको छ ।

यसका साथै हुम्लामा तीन जनाको मृत्यु, चार जना घाइते,३९ पशुचौपायाको ज्यान गएको छ भने १८ लाख ५८ हजार चार सय रकम क्षति भएको तथ्यांक छ । डोल्पामा विपतका कारणदुई जनाको मुत्यु,दुई जना घाइते,७४ पशुचौपायाको ज्यान जानुका साथैसात करोड ६० लाख ६१ हजार तीन सय २० रकम क्षति भएको प्रहरीले जनाएको छ । मुगुमा कुनै मानवीय क्षति नभएता पनि ७४ पशुचौपायाको ज्यान गएको छ भने सात करोड ६० लाख ६१ हजार तीन सय २० रकम बराबर क्षति भएको छ ।

यसैगरी जुम्लामादुई जनाको मृत्यु भएको छ भने १३ करोड ४७ लाखपाँच हजार एक सय ८० रकम क्षति भएको छ । यसका साथै कालिकोटमा एक जनाको मृत्यु, ६ जना घाइते, ६ पशुचौपायाको ज्यान गएको छ भने ११ करोड ४४ लाख ६ हजार चार सय ९५ रकम क्षति भएको छ ।