मोरङ- बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।
भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
दाहाल थरका वृद्धको मृत्यु भएसँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
बिराटनगरमा आइसोलेसन बेड अभावमा संक्रमितहरु होम आइसोलसनमा बस्न बाध्य छन् । (अनलाईनखबर)