प्रदेश १ का मुख्यमन्त्रीले पाय विश्वासको मत

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले ५९ सांसदको विश्वासको मत पाएका छन् । यस्तै उनको विपक्षमा ३२ मत खसेको छ । कांग्रेसका एकजना सांसद उपस्थित थिएनन् । प्रदेशसभामा ९३ सांसद रहेका छन ।

पुस २४ गते गठबन्धनमा आबद्ध ४ दलका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।