नेपालको अर्थतन्त्र सुधारतर्फ जादै

काठमाडौं – नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ ।

पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको थियो ।

अमेरिकी डरलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुद्रास्फिति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्व ३० करोड भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।।

https://gorkhapatraonline.com/news/50961