आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु

आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरिय जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।

नयाँ वर्षकझो उल्लास विश्वभर छाएको छ। विश्वका विभिन्न सहरमा नयाँ वर्षको स्वागतलाई भव्य रुपमा मनाइएको छ।