कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ

सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २६ किलो लागु औषध बरामद गरेको छ। कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ५ जलिगार्डमा २६ किलो लागु औषध अफिम सहित पाँच जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको हो।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले उक्त लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जाजरकोटको नलगाड नगररपालिका ९ का ३७ वर्षिय प्रेम बहादुर सिंह, ४० वर्षिय मान बहादुर सिंह ३२ वर्षि तप बहादुर सिंह, ४३ वर्षिय मनबहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिका वडा नं. ५ का ५५ वर्षिय हरिचन्द्र डाँगीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट ५१ हजार ९६० नगद र २ थान मोवाइल समेत बरामद गरि आवश्यक कारवाहीको लागि जाजरकोट जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।