काठमाडौं – काठमाडौं उपत्यकामा ३५४ सहित थप ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ८० जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घन्टमा १ हजार ८ सय७४ जना डिस्चार्ज भएका छन् ।
यस्तै, हालसम्म संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, आज थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका ४५ वर्षीय पुरुष र ६४ वृद्धा, झापाकी ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय वृद्ध र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।