काठमाडौँ- वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ ।
दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।