सुर्खेत – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशमा पनि आफ्नो ५ औ बार्षिक उत्सव मनाएको छ । कम्पनीले कर्णाली सहित देशभरका सात वटै प्रदेशमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै बार्षिक उत्सव मनाएको हो ।
सो अवसरमा सुर्खेतको गुर्भाकोट नगरपालिका १३ र १४ गुमिमा स्त्री स्वास्थ्य शिविर संचालन गरेको छ । हरेक बर्ष कम्पनीले सामजिक उत्तरदायी सेवा अन्तर्गत शिविर संचालन गर्ने गरेको कम्पनीका क्षेत्रीय शाखा प्रमुख धिरेन्द्र बहादुर शाहीले बताए । उनका अनुसार शिविरबाट २ सय जना महिलाहरु सेवा लिएका छन् ।
बिषशेज्ञ डाक्टरहरुद्धार शिविरमा सेवा प्रदान गरिएको शाखा प्रमुख शाहीले जनाकारी दिए । उक्त शिविरमा वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुकोे सहभागिता रहेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको छ ।
जीवन बीमाका बारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनिले जनाएको छ ।